Comments Add Comment

देउवा, पौडेल र सिटौलाबीच बुढानीलकण्ठमा छलफल हुँदै

२७ साउन, काठमाडौं । नेपाली कांग्रेसको आसन्न महाधिवेशनबारे शीर्ष नेताहरुबीच छलफल हुँदैछ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो ।

बुधबार देउवाको निजी निवास बुढानीलकण्ठमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने कांग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

भदौ १६–१९ गतेका लागि निर्धारित महाधिवेशनको कार्यतालिका प्रभावित हुने निश्चित भएपछि कांग्रेसभित्र पार्टी वैधानिकता जोगाउन भन्दै विभिन्न विकल्पमाथि छलफल भइरहेको छ । वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् । देउवाको प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला सकारात्मक छन् ।

सभापति देउवाले नयाँ कार्यतालिकाबारे छलफल गर्न बिहीबार केन्द्रीय समिति बैठक बोलाएका छन् । केन्द्रीय समिति बैठक अघि कार्यतालिकाबारे पार्टीभित्र समझदारी बनाउन शीर्ष नेताहरुबीच छलफल हुन लागेको देउवानिकट एक नेताले बताए ।

सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग महाधिवेशनबारे छलफल गरेका थिए । केन्द्रीय सदस्य रिजालले केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे शीर्ष तहमा सहमति जुटाउन देउवालाई आग्रह गरेका थिए ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउन देउवा, पौडेल र सिटौलालाई जिम्मा दिइएको थियो । तर नेताहरुबीच मापदण्डमै सहमति नजुट्दा सदस्यता विवाद कायमै छ । क्रियाशील सदस्यता छानविन समितिले साउन १२ गते सभापति देउवालाई प्रतिवेदन बुझाइसकेको छ ।

समितिले विवादित सदस्यता मिलाउन पदाधिकारी र पूर्वपदाधिकारीलाई सिफारिस गरेको थियो । पदाधिकारी बैठकले भने शीर्ष नेतालाई विवाद सुल्झाउने जिम्मा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment