
२७ साउन, काठमाडौं । नेपालबाट यूएई प्रस्थान गर्ने यात्रुका लागि त्यहाको सरकारले तोकेको प्रावधानका कारण नेपालबाट टिकट काटेका सयौं यात्रु अलपत्र परेका छन् । अहिले नेपालबाट यूएई ट्रान्जिट हुने यात्रुलाई मात्र बोकेर एयरलाइन्स उड्नु पर्ने बाध्यता छ ।
जसले गर्दा कम्पनीहरुले समेत खाली सीट जहाज उडाउनु परेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपालबाट यूएइ जानु अगाडि ४८ घण्टाभित्रको पीसीआर नेगेटिभ रिर्पोट अनिवार्य गरिएको छ ।
साथै विमानस्थलबाट प्रस्थान गर्नुभन्दा ४ घण्टाभित्र विमानस्थलभित्रै गरेको र्यापिड पीसीआर टेस्ट रिर्पोट समेत अनिवार्य गरिएको छ ।
यो सुविधा नेपालको विमानस्थलमा छैन । विमानस्थल कार्यालयका अनुसार सो प्रयोजनका लागि विमानस्थलले स्थान उपलब्ध गराउने र र्यापिड टेस्टका लागि व्यवस्था मिलाउन विमानस्थलले स्वास्थ्य विभागलाई अनुरोध गरेको छ ।
विभागले ल्याव उपलब्ध गराएमा मात्र यो सुविधा विमानस्थलमा रहने भएको छ । नेपालमा छिटो परीक्षण हुने एन्टिजेन परीक्षणलाई भने यूएइ सरकारले अस्वीकार गरेको छ ।
विमानस्थलमा तत्काल हुने खालको र्यापिड पीसीआरको व्यवस्था नहुन्जेल यूएई सरकारले नेपालीलाई यात्रा खुला गरेको भएपनि जान नपाउने भएका छन् । नेपालबाट यूएईमा ट्रान्जिट मात्र गर्नेलाई भने र्यापिडङ परीक्षण अनिवार्य गरिएको छैन ।
यस्तो छ यूएई जान चाहिने शर्त
प्रतिक्रिया 4