+
+
Shares

सिरहामा ट्याक्टर पल्टिँदा एकजनाको मृत्यु   

रासस रासस
२०७८ साउन २७ गते १४:३७

२७ साउन, लहान । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको धनगढीमाई नगरपालिका–७ स्थित गागन खोला नजिकै बुधबार बिहान ट्याक्टर पल्टिँदा एक युवकको मृत्यु भएको छ ।

नम्बर मेटिसकेका ट्याक्टर पल्टिँदा ट्याक्टरमा सवार सिरहाको गोलबजार नगरपालिका– ५ का ३० वर्षीय अरुण यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । यादव ट्याक्टर मजदुरको रुपमा काम गर्ने बताइएको छ ।

ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ । ट्याक्टरका चालक र ट्याक्टर धनी फरार रहेकाले उनीहरुको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?