
२८ साउन, काठमाडौं । मनोजराज सुवेदीको पहिलो कवितासंग्रह ‘शुक्रबार कविता’ सार्वजनिक भएको छ ।
छोटा कविताहरू लेख्ने सुवेदीले प्रकृति र समसामयिक समाज तथा राजनीतिलाई कविताको मुख्य विषय बनाउने गरेका छन् । सामाजिक सञ्जालमा हरेक शुक्रबार कविता पोस्ट गर्ने सुवेदीले तिनै कविताहरूलाई संग्रहको रुप दिएका हुन् ।
चालिसको दशकदेखि सृजनामा सक्रिय भएपनि विविध कारणले संग्रह भने पहिलोपटक प्रकाशित गर्नुपरेको सुवेदीले बताए । ‘विद्यार्थीकालदेखि नै साहित्यमा रुची थियो । त्यही रुचीले कविता लेखनलाई अघि बढाएको हुँ’ सुवेदीले भने ।
तीन सय एकवटा कविता संग्रहीत पुस्तकको मूल्य १ सय ९० रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4