+
+

थप ३,२६० जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्‍यु

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २८ गते १७:३०

२८ साउन, काठमाडौं । पछिल्लो २४ घण्टामा ३,२६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ८ सय ६ पीसीआर परीक्षण गर्दा २ हजार ४७३ जना र ४ हजार ६५६ एन्टिजेन परीक्षण गर्दा ७ सय ८७ गरी ३ हजार ३,२६० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३२ जनाको मृत्यु भएको छ भने २ हजार २९४ जना निको भएका छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख २५ हजार ७६९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार २१२ पुगेको छ भने ६ लाख ७७ हजार ३७७ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार १८० जना रहेका छन् । जसमध्ये ३४ हजार ८३८जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७३७ जना आईसीयू र १८३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ७३ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ७६ जना कोरोना संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित थपिए ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ८११, झापामा २१३, ललितपुरमा १९२, चितवनमा १३८, मोरङमा १३६, भक्तपुरमा १३० र सुनसरीमा १२४ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै बागलुङमा ७०, कास्कीमा ६१, मकवानपुरमा ४६, काभ्रेपलाञ्चोमा ४५, रुपन्देहीमा ४२, नवलपरासी पुर्वमा ३९, नुवाकोटमा ३७, पाल्पा र सुर्खेतमा २४/३४ जना, सिन्धुपाल्चोक र कैलालीमा २३/२३ जना, धनकुटामा २१ र सिन्धुलीमा २० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?