Comments Add Comment

प्रश्न–पत्र ‘लिक’ प्रकरण : प्रहरीको प्रि–स्याट परीक्षा रद्द

प्रहरी प्रधान कार्यालय । तस्वीरः चन्द्र आले/अनलाइनखबर

२८ साउन, काठमाडौं । परीक्षा अगावै प्रश्न–पत्र बाहिरिएको पुष्टि भएपछि नेपाल प्रहरीको प्रि–स्याट परीक्षा रद्द भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानु अघि लिइने प्रारम्भिक छनौट परीक्षा रद्द भएको हो ।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) वसन्त लामा नेतृत्वको छानविन समितिले प्रश्न–पत्र बाहिरिएको पुष्टि गर्दै तीन प्रहरीलाई बर्खास्त र ११ जनालाई विभागीय कारबाही गर्न सिफारिस गरेको थियो । लगत्तै परीक्षा पनि रद्द गरिएको हो ।

‘विशेष कारणले’ परीक्षा रद्द भएको भन्दै प्रहरी प्रधान कार्यालयले मातहतका युनिटमा पत्रचार गरेको छ । पत्रमा परीक्षाको मिति तय भएपश्चात जानकारी गराइने र सहभागी हुनेलाई तयारी अवस्थामा राख्न पनि भनिएको छ ।

यूएन शाखाले १५ र १६ साउनमा लिएको प्रि–स्याट परीक्षाको प्रश्न–पत्र युएन शाखाबाटै चोरिएको थियो । प्रहरी परिचर सुरेश बमले प्रश्न–पत्र चोरी गरेर साइबर ब्युरोका हवल्दार कुमार शाहलाई पठाएका थिए ।

शाहमार्फत सई जनकबहादुर थापासम्म प्रश्न पत्र पुगेको थियो । थापाले अन्य व्यक्तिहरुलाई फोटोकपी गरेर प्रश्न–पत्र बाँडेका थिए । तीनै जनालाई बर्खास्त गर्न छानविन समितिको सिफारिस छ ।

यो पनि पढ्नुहोस परीक्षा समितिका सदस्यले नै फोटोकपी गरेर बाँडेका थिए प्रि-स्याटको प्रश्नपत्र

हेर्नुस् पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment