+

प्रिमियर लिग आजदेखि सुरु हुँदै

२०७८ साउन  २९ गते १०:५० २०७८ साउन २९ गते १०:५०
प्रिमियर लिग आजदेखि सुरु हुँदै

२९ साउन, काठमाडौं । विश्वको सबैभन्दा चर्चित लिग मानिने प्रिमियर लिगको नयाँ सिजन आजदेखि सुरु हुँदैछ । प्रिमियर लिग २०२१-२२ को उद्घाटन खेलमा लण्डन क्लब आर्सनलले नवप्रवेशी ब्रेन्टफोर्डसँग खेल्नेछ ।

खेल नेपाली समय अनुसार राति १२:४५ बजे सुरु हुनेछ । गत सिजन आठौं स्थानमा लिग सकाएको आर्सनल यस पटक युरोपियन प्रतियोगितामा हुनेछैन ।

नयाँ सिजनमा शीर्ष चारमा रहँदै अर्को सिजन च्याम्पियन्स लिगमा छनोट हुनु आर्सनलको लक्ष्य रहेको छ ।

पहिलो पटक प्रिमियर लिगमा बढुवा भएको ब्रेन्टफोर्ड प्रिमियर लिग खेल्ने ५०औं क्लब हुनेछ र लण्डनको १०औं क्लब बन्नेछ ।

यस्तै प्रिमियर लिगमा शनिवार ७ खेल हुनेछ । जहाँ साविक उपविजेता म्यानचेष्टर युनाइटेडले लिड्ससँग खेल्नेछ भने लिभरपुलले नर्विचको भ्रमण गर्नेछ ।

यस्तै चेल्सीले क्रिस्टल प्यालेससँग र लेस्टरले वल्भससँग घरेलु मैदानमा खेल्नेछ । यस्तै बर्नली र ब्राइटन, एभरटन र साउथह्याम्पटन तथा वाटफोर्ड र एस्टल भिल्लाबीच पनि शनिबार खेल हुनेछ ।

साविक विजेता म्यानचेष्टर सिटीले पहिलो खेलमै आइतबार टोटनहम हट्सपरसँग खेल्नेछ । अर्को खेल न्युकासल र वेष्टहमबीच आइतबारै हुनेछ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको सिटीलाई चेल्सी, युनाइटेड र लिभरपुलले कडा चुनौती दिने अपेक्षा गरिएको छ । यस्तै आर्सनल र टोटनहम पनि ‘बिग सिस्क’ भित्र छन् । प्रिमियर लिगमा उपाधि जित्ने बाहेक शीर्ष चारमा पर्न पनि ठूलै प्रतिस्पर्धा हुनेछ ।

प्रिमियर लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय