Comments Add Comment

सुनिलले डेढ करोड मागेपछि ‘एक्स नाइन’मा सोनुलाई प्रस्ताव

निर्देशक मुकुन्द भट्ट आफ्नो नयाँ चलचित्र ‘एक्स नाइन’लाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने मुडमा छन् । महंगो बजेटमा निर्माण गर्न लागिएको एक्सन केन्द्रित यो चलचित्रमा नायक अनमोल केसी र सौगात मल्ल फाइनल भैसकेका छन् ।

यो चलचित्रका लागि अनमोलले महंगो पारिश्रमिक लिएको चर्चा समेत चलचित्र बजारमा छ । यो चलचित्रका लागि खलपात्रको रुपमा बलिउड नायक सुनिल सेट्टीलाई अफर गरिएको थियो । निर्देशक भट्टले पनि सुनिलसँग कागजी संझौता मात्र हुन बाँकी रहेको जानकारी मिडियालाई दिएका थिए । तर, वुझिएअनुसार सुनिलले यो चलचित्रका लागि १ करोड भारतीय रुपैयाँ पारिश्रमिक मागेका छन् ।

सुनिलले १ करोड ६० लाख रुपैयाँ माग गरेपछि यसको टिमले अर्का बलिउड कलाकार सोनु सुदलाई पनि अफर गरेको वुझिएको छ । सोनुले सुनिलले भन्दा आधा रकम माग गरेका छन् । यसैले, पनि कुरा मिलेको खण्डमा यो चलचित्रमा सोनु सुद जोडिने संभावना बलियो छ ।

लकडाउनको समयमा सामाजिक कार्यमा अगाडि बढेपछि सोनुको क्रेज विश्व बजारमा ह्वात्तै बढेको छ । निर्माणपक्षले सोनुलाई फाइनल गराउन सकेको खण्डमा उनको बढ्दो क्रेजको फाइद चलचित्रलाई हुन सक्छ ।

जनवरी महिनाबाट छायांकन सुरु गरिने यो चलचित्रलाई नेपालसँगै यूरोपमा विभिन्न देशमा खिचिनेछ । नेपालकै पहिलो ठूलो एक्सन चलचित्र भन्दै यसको प्रचार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment