+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

शिक्षण अस्पतालमा मुसा, उडुस, उपियाँ र साङ्ला नियन्त्रण गर्न टेण्डर आह्वान

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन २९ गते १५:१३

२९ साउन, काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले मुसा, उडुस, उपियाँ साङ्ला आदि नियन्त्रणको लागि टेण्डर आह्वान गरेको छ ।

अस्पताल प्रशासनका अनुसार अस्पतालको विभिन्न विभागमा मुसा, उडुस, उपियाँ र साङ्ला आदि नियन्त्रण गर्नु परेकाले टेण्डर आह्वान गर्नुपरेको हो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीले यो नियमित र पुरानो प्रक्रिया भएको बताए । शिक्षण अस्पताल बाहेक अन्य अस्पतालमा पनि मुसा, उपियाँ साङ्ला नियन्त्रणको लागि टेण्डर आह्वान गरिन्छ ।

‘ठूलो अस्पतालमा अस्पतालको बेड, तन्ना, गाउन र मेडिकल उपकरण राख्नको लागि ठूलो स्टोर हुन्छ, स्टोरमा मुसा तथा साङ्लाहरुले डेरा जमाउँछन्’ उनले भने, ‘त्यसको नियन्त्रण गरिएन् भने अस्पतालको सेवा सुविधामा असर पर्न जान्छ ।’

अस्पतालका करोडौ पर्ने उपकरण भित्र छिरेर मुसाले तार काट्ने, साङ्लाले फुल पार्ने भएकाले अस्पताल प्रशासन संवेदनशील भएको अधिकारीको भनाई छ । उनका अनुसार पहिलेदेखि नै मुसा लगायत अन्य किरा नियन्त्रणको कामले गर्दा संवेदनशील मेसिनहरुमा छिट्टै खराबी आएको छैन् ।

अस्पताल कर्मचारीले यो काम गर्न नकस्ने भएकाले पहिलेदेखि नै यो काम टेण्डर मार्फत दिने उनी बताउँछन् । ‘हामी नियमित र पुरानो कार्यक्रम अन्तर्गत टेण्डर आवहान गरेका हौ’ उनी भन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?