Comments Add Comment

ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि सर्लाहीको नवलपुर तनावग्रस्त

२९ साउन, जनकपुरधाम । ट्रकको ठक्करले एक जनाको मृत्यु भएपछि स्थानीयको प्रदर्शनका कारण सर्लाहीको नवलपुर तनावग्रस्त बनेको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुर खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ७ ख ८२९३ नम्बरको ट्रकले ठक्कर दिँदा लालबन्दी नगरपालिका–२ का ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएको हो ।

साइकलमा घाँस बोकेर जाँदै गरेका महतोको ट्रकको ठक्करले मृत्यु भएलगत्तै स्थानीयले ट्रकलाई नियन्त्रणमा लिएर आगजनीको प्रयास गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । ट्रक जलाउन पुगेको स्थानीयको भीडलाई प्रहरीले अश्रुग्यास प्रहार गरेर नियन्त्रणमा लिएको छ । भीडलाई नियन्त्रण गर्ने क्रममा केही राउण्ड अश्रुग्यास प्रहार गरिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिए ।

प्रहरीले भीड हटाए पनि स्थानीयले अहिले पनि घटनास्थलमा प्रदर्शन गरिरहेका छन् । अवस्था सामान्य बनाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment