Comments Add Comment

फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय फुटबलर शान्ता नेपालीलाई आर्थिक सहयोग जुटेको छ । स्याङ्जामा रहेकी उनलाई शुक्रबार २ लाख ५९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।

नेप्लेज मिडिया एण्ड म्यानेजमेन्टले शुरू गरेको अभियानका क्रममा राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी आफैंले राष्ट्रिय टिमको तर्फबाट १ लाख रुपैयाँ सहयोग गरेका थिए । बेलायत निवासी सुनील प्रधानले १ लाख रुपैयाँ पठाएका छन् । अष्ट्रेलियाबाट मुकुल क्षेत्रीले ५० हजार ३ सय रुपैयाँ र युवा फुटबलर स्यान्सू भुसालले ५ हजार रुपैयाँ सहयोग गरेका थिए ।

स्ट्राइकर शान्ताकै प्रेरणामा गत वर्षको महिला लिगमा वालिङ नगरपालिका टोलीले राम्रो प्रदर्शन गरेको थियो । दुई अपांग दाई र दिदी, बुढा आमाबुवासँगै वालिङ फुटबल मैदानको छेउमा बस्दै आएकी शान्ता नेपाली सुकुम्बासी हुन् । उनीहरूले प्रयोग गर्दै आएको स्थान घरधनीले खाली गर्न भनेपछि शान्ताको परिवार फुटबल मैदानका लागि निर्मित पक्की शौचालयको छतमा आफैंले कोठा निर्माण गरेर बस्न थालेका थिए ।

शान्ताको परिवार यसरी सार्वजनिक शौचालयमाथि कोठा बनाएर बस्नु परेको खबर प्रकाशित भएपछि सहयोग संकलन सुरू भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment