Comments Add Comment

ला लिगाको स्टार अब को ?

३० साउन, काठमाडौं । १७ वर्षपछि लिओनल मेस्सीविनाको पहिलो स्पेनिस ला लिगा शुरु भइसकेको छ । अब ला लिगामा को सबैभन्दा ठूलो स्टार हो भनेर बहस पनि शुरु भएको छ ।

मेस्सीसँगै रियल मड्रिडका कप्तान सर्जियो रामोसले पनि क्लब छाडिसकेका छन् । दुवै अहिले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा टिममेट छन् ।

विश्व फुटबलकै उत्कृष्ट खेलाडीको मान्यता पाएका मेस्सी र क्रिस्टियानो रोनाल्डोले धेरै वर्ष ला लिगा खेले । अहिले दुवै ला लिगा छाडेर गइसकेका छन् ।

अझै पनि ला लिगामा केही विश्वस्तरीय खेलाडी त छन्, तर स्टार चाहिँ को होला ? स्पेनिस अनलाइन मार्काले केही त्यस्ता सम्भावित स्टारको सूची बनाएको छ ।

जान ओब्लाक

ला लिगामा विश्वका उत्कृष्ट खेलाडी अहिले नभएपनि उत्कृष्ट गोलकिपरको रुपमा एट्लेटिको मड्रिडमा जान ओब्लाक छन् । उनले ५ पटक जामोरा ट्रफी जितेका छन् । स्लोभेनियन ओब्लाक एट्लेटिकोमा डिएगो सिमिओनीको सफलताको मुख्य सूत्र हुन् ।

करिम बेन्जामा

फ्रेन्च स्ट्राइकर क्रिस्टियानो रोनाल्डोपछि रियलमा मुख्य गोल स्कोररको रुपमा रहेका छन् करिम बेन्जामा अलराउण्ड खेलले उनलाई पूर्ण खेलाडी बनाएको छ । ३३ वर्षीय ब्रेन्जामा विश्व फुटबलमा अझै उत्कृष्ट नम्बर ९ को रुपमा छन् ।

एन्टोनी ग्रिजमन

एट्लेटिकोबाट बार्सिलोना पुगेपछि ग्रिजमनले अहिलेसम्म अपेक्षा अनुसार खेल्न सकेका छैनन् । तर अब उनी मेस्सीको छायाबाट बाहिर आउन सक्छन् । यदि बार्सिलोनाले यस सिजन सफलता हात पार्ने हो भने फ्रेन्च फरवार्ड ग्रिजमनले उत्कृष्ट प्रदर्शन गर्नु आवश्यक छ र उनलाई अझ स्वतन्त्र भएर आफ्नो काम गर्न दिनुपर्छ ।

लुइस सुआरेज

उरुग्वेका खेलाडी सुआरेजले गत सिजन एट्लेटिको मड्रिडलाई ला लिगाको उपाधि जिताउन सहयोग गरे । एट्लेटिको उपाधि रक्षा गर्ने अभियानमा रहँदा सुआरेजले यस पटक पनि प्रमाणित गर्नुपर्नेछ । सुआरेजले गत सिजन आफ्ना आलोचकलाई गलत प्रमाणित गरेका थिए । उनले आफू च्याम्पियन बन्नका लागि लायक नम्बर ९ भएको देखाएका थिए ।

डेविड अलावा

सर्जियो रामोसको बहिर्गमनपछि अष्ट्रियन भर्सटायल अलावाले रियलको नम्बर ४ जर्सी लगाउनेछन् । धेरै अनुभवसहित अलावा रियल आएका छन् । उनको अबको काम रियललाई सफलता दिलाउनु हो ।

पेड्री

टिनएज कानारियन मिडफिल्डरले गत सिजन १८ वर्षकै उमेरमा उत्कृष्ट प्रदर्शन गरे । उनले सबै खाले प्रतियोगितामा गरेर बार्सिलोनाका लागि ७३ खेल खेले । पेड्री ला लिगाकै उत्कृष्ट खेलाडी बन्न सक्छन् ।

स्पेनका यी अन्तर्राष्ट्रिय खेलाडीसंग अद्भुत क्षमता छ र क्लब र देशका लागि छोटो समयमै मुख्य खेलाडी बनिसकेका छन् । यदि उनले आफ्नो प्रोग्रेसलाई निरन्तरता दिए मेस्सी बिनाको बार्सिलोनाको लागि उनी मुख्य सूत्र हुनेछन् ।

जेरार्ड मोरेनो

भियारियाल स्ट्राइकरले पछिल्लो दुई सिजन ला लिगामा स्पेनी खेलाडीमध्येबाट सर्वाधिक गोल गर्दै जारा ट्रपी जितेका थिए । उनले भियारियालाई युरोपा लिग जिताउन पनि सहयोग गरेका थिए र च्याम्पियन्स लिगमा छनोट भएको थियो ।

यदि भियारियालले २०२१-२२ सिजनमा अन्य टिमलाई दु:ख दिने हो भने नेशनल गोलस्कोवर मोरेनोले अर्को सिजन उत्कृष्ट प्रदर्शन गर्नुपर्छ ।

मार्कोस लरेन्टे

लरेन्टेलाई कुनै सिंगल पोजिसनमा खेलाउनु कठिन छ । उनी भर्सटाइल खेलाडी हुन् । साथै एट्लेटिकोले उपाधि जित्दाका मुख्य खेलाडी पनि । २६ वर्षीय लरेन्टेले ठूला अवसरमा महत्वपूर्ण गोल समेत गरेका छन् । उनले अर्को सिजन कस्तो गर्नेछन् हेर्न बाँकी छ ।

एडेन हाजार्ड

बेल्जियमका विंगर ला लिगामा सम्भवत सबैभन्दा ठूलो नाम हो । उनले के गरे भनेर यस सूचीमा राखिएको होइन कि तर उनले रियलको जर्सीमा के गर्न बाँकी छ भनेर हो । चेल्सीका पूर्व खेलाडी हाजार्ड पछिल्लो दुई सिजन चोटले धेरै सताइए । तर ला लिगामा आफ्नो क्षमता देखाउने उनको लागि यो अन्तिम अवसर हुन सक्छ । यदि उनले आफ्नो पूरानो लय फर्काउन सके त्यो ला लिगामा अन्य टिमका लागि खतरनाक हुनेछ ।

मेम्फिस डिपाए

मेस्सी पेरिस लागेपछि नै डच फरवार्ड डिपाएसंग बार्सिलोनाको अपेक्षा बढेको छ । बार्सिलोनाको लागि पनि मैदानमा राम्रो गर्नका लागि उनी आवश्यक छन् विशेषगरी गोल गर्नका लागि । यदि मेस्सीपछिको समयमा पनि केही गर्नु छ भने डिपाएले उत्कृष्ट खेल्नुपर्नेछ ।

लुका मोडरिक

क्रोएसियन जेनिअस मोडरिक स्पेनमा बाँकी रहेका खेलाडी मध्ये बालोन डे ओर जित्ने एक मात्र खेलाडी हुन् । उनी ३६ वर्ष भए । तर पछिल्ला वर्षहरुमा उनले आफू अझै विश्वका उत्कृष्ट मिडफिल्डरमध्ये एक रहेको देखाएका छन् । र रियल मड्रिडले पनि उनी अझै राम्रो खेल्न सक्ने खेलाडी देखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment