+
+

४ वर्षकी बालिका बलात्कारको आरोपमा युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३० गते १६:३०

३० साउन, गुल्मी । गुल्मीमा ४ बर्षीय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पुरुष पक्राउ परेका छन् ।

जिल्लाको कालीगण्डकी गाउँपालिका–७ भुर्तुङ निवासी ३६ बर्षीय पुरुषले नाबालिकालाई जबरजस्ती करणीको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

आरोपित पुरुषलाई शुक्रबार बेलुकी पक्राउ गरी जिल्ला प्रहरी कार्यालय गुल्मीमा ल्याइएको पाण्डेले बताए । आरोपित पुरुषले साउन २८ गते जबरजस्ती करणी गरेकोे भनी पीडित परिवारले भुर्तुङमा प्रहरी चौकीमा उजुरी दिएको थियो ।

प्रहरीले पीडित नाबालिका र आरोपित पुरुषको नाम गोप्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?