Comments Add Comment

बार्सिलोनाको १० नम्बर जर्सी कसले पाउला ?

३१ साउन, काठमाडौं । ला लिगामा दर्ता भएपछि मेम्फिस डिपाए, एरिक गार्सिया र रे मानाजले आइतबार ला लिगा अन्तर्गत बार्सिलोनाबाट रियल सोसिडाड विरुद्धको खेल खेल्नेछन् । अधिकांश खेलाडीले आगामी सिजनका लागि जर्सी नम्बर प्राप्त गरिसकेका छन् । तर रे मानाजले भने जर्सी नम्बर पाएका छैनन् ।

लिओनल मेस्सीले लगाउने गरेको १० नम्बर जर्सी मात्र अहिले खाली छ । मेसी केही दिनअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन गएपछि १० नम्बर जर्सी खाली भएको हो ।

आइतबार हुने खेलमा मानाज बार्सिलोनाको टिममा पर्न सके उनले १० नम्बर जर्सी लगाउन सक्ने सम्भावना रहेको स्पेनिस अनलाइन मार्काले जनाएको छ । ला लिगाको म्याच डे मा हरेक टिमले खेलाडीका लागि १ देखि २५ नम्बरसम्मको जर्सी छुट्याउनुपर्नेछ ।

मानाजले यो नम्बर लगाउँछन वा लगाउँदैनन् भन्ने कुरा अर्को खेलाडी यो लगाउन चाहन्छन् कि चाहदैनन् भन्नेमा भर पर्नेछ । यसअघि भएको युभेन्ट्स विरुद्धको जोन गाम्पर ट्रफीमा भने मेस्सीले लगाएको १० नम्बर जर्सी कसैले लगाएनन् ।

जर्सी नम्बर खाली हुने सम्भावना समेत छ । तर त्यसका लागि म्याच डे टिममा रहने फिलिप काउटिन्हो वा मिरालेम प्यानिचलाई बार्सिलोनाले बेचेमा खाली हुने सम्भावना रहने मार्काले जनाएको छ ।

यसो भयो भने १० नम्बर जर्सी खाली हुनेछ र यसको अर्थ मेस्सीले लगाउने गरेको त्यो जर्सी कसैले लगाउनुपर्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment