+
+
Shares

अफगानिस्तानमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्काउन पहल होस् : भीम रावल

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १५:१७

३१ साउन, काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले अफगानिस्तानमा रहेका नेपालीहरुलाई तत्काल स्वदेश फर्काउन सरकारले पहल गर्नुपर्ने बताएका छन् ।

आइतबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै रावलले अन्य देशले जस्तै नेपाली नागरिकलाई पनि अफगानिस्तान छाड्न नेपाल सरकारले आह्वान गर्नुपर्ने बताए ।

अहिलेको परिस्थितिमा सामान्य तरीकाले काम गरेर नहुने बताउँदै उनले भने, ‘सम्बन्धित नियोगलाई वा कम्पनीलाई आफ्ना नागरिकलाई बाहिर लैजाँदा हाम्रो पनि लगिदेऊ भनेर  कसैको दयामायाले हुँदैन । आफैं ल्याउने हो सरकारले गर्नुपर्ने यो हो । तत्काल नेपालीहरुलाई बाहिर ल्याउनुपर्‍यो ।

विद्रोही समूह तालिबानले अफगानिस्तान छाड्न चाहनेलाई जान दिने भनेकाले त्यहाँ रहेका नेपालीहरुलाई सुरक्षित तवरले बाहिर ल्याउनुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?