+
+
Shares

कैलालीमा कान्द्रा नदीको बाढीले हुलाकी सडक बगायो

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३१ गते १५:३८

३१ साउन, धनगढी । कैलालीको कान्द्रा नदीमा आएको बाढीले हुलाकी सडक बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले भजनी नगरपालिका–५ लालबोझीस्थित हुलाकी सडकमा क्षति पुर्‍ याएको हुलाकी सडक योजना कार्यालय धनगढीले जनाएको छ ।

हुलाकी सडक योजना कार्यालयका इन्जिनियर पदमबहादुर मडैका अनुसार लालबोझीमा एक सय मिटर सडक बाढीले बगाएको छ । हुलाकी सडक अन्तर्गत धनगढी-टीकापुर खण्डमा पर्ने उक्त सडकमा नदी कटानकै जोखिमका कारण कालोपत्रे नगरिएको उनले बताए । नदीमा तटबन्ध नगरिएका कारण बाढीले सडक बगाएको उनले बताए ।

बाढीले सडक बगाएपछि स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ । उनीहरु खेतको बाटो प्रयोग गरी आवतजावत गर्न थालेका छन् । हुलाकी सडक योजना कार्यालयले धनगढीको मोहनापुलदेखि टीकापुरसम्मको मुख्य हुलाकी सडकको ६८ किलोमिटरमध्ये लालबोझीस्थित कान्द्रा नदी क्षेत्रको पाँच सय मिटर र वसन्ता करिडोरको दुई किलोमिटर सडक कालोपत्रे गरेको छैन ।

कान्द्रा नदीमा तटबन्ध गरेर मात्र कालोपत्रे गर्ने योजना रहेको छ भने वसन्ता करिडोरमा वन क्षेत्रको अवरोध हटाएर कालोपत्रे गरिने योजना कार्यालयको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?