+
+
Shares

खुल्यो अवरुद्ध हुलाकी सडक

हुलाकी सडकअन्तर्गत रहेको कल्भर्टमा पानी निकास अवरुद्ध हुँदा करिब १० घर र ७ विघाभन्दामाथि बढी खेतीयोग्य जमिन डुबानमा परेको थियो।

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २८ गते १५:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको बोदेबरसाइन नगरपालिकामा कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा डुबानमा परेका स्थानीयले गरेको सडक अवरोध हटेको छ।
  • प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको टोलीले जेसीबी प्रयोग गरी पानी निकासको व्यवस्था मिलाएपछि सडक सञ्चालनमा आएको हो।
  • कल्भर्टमा पानी निकास बन्द हुँदा स्थानीय १० घर र सात बिघाभन्दा बढी खेतीयोग्य जमिन डुबानमा परी स्थानीयले सास्ती बेहोर्नुपरेको थियो।

२८ असार, सप्तरी । सप्तरीको बोदेबरसाइन नगरपालिका–५ स्थित राजविराज–बलान हुलाकी सडक खण्डमा स्थानीयले गरेको सडक अवरोध हटेको छ।

कल्भर्टबाट पानी निकास अवरुद्ध हुँदा बस्ती तथा खेतीयोग्य जमिन डुबानमा परेपछि स्थानीयले सडक अवरुद्ध गरी विरोध जनाएका थिए।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक सुमन तामाङको नेतृत्वमा खटिएको प्रहरी टोलीले जेसीबी प्रयोग गरी जमेको पानी हटाएसँगै स्थानीयले सडकको अवरोध गर्न छोडेका हुन् ।

पानी निकास खुलाउन बोदेबरसाइन नगरपालिका वडा नम्बर-४ का वडा अध्यक्ष किरन कुमार साह संगै, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरीले सहजीकरण गरेका थिए ।

अध्यक्ष किरण कुमार साहका अनुसार कल्भर्टमा पानी निकास बन्द हुँदा स्थानीयले ठूलो सास्ती बेहोर्नुपरेको थियो। अहिले सडकको छेउबाट अस्थायी रूपमा पानीको निकास खुलाइएकाले तत्काल समस्या समाधान भएको उनको भनाइ छ ।

हुलाकी सडकअन्तर्गत रहेको कल्भर्टमा पानी निकास अवरुद्ध हुँदा करिब १० घर र ७ विघाभन्दामाथि बढी खेतीयोग्य जमिन डुबानमा परेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?