
फाइल तस्वीर : कर्णाली नदी
३१ साउन, धनगढी । बाजुरामा पहिरो गएपछि कर्णाली नदी थुनिने खतरा बढेको भन्दै स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।
आइतबार साँझ जिल्लाको स्वामिकातिक खापर गाउँपालिका–२ को छुदरीस्थित कर्णाली नदीमा माथिबाट सुख्खा पहिरो आएको बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मदनजित महराले बताए ।
‘सुख्खा पहिरो आएका कारण हामीले कर्णाली नदी थुनिने आशंकामा आसपासका बासिन्दालाई सर्तकता अपनाउन अपील गरेका छौं,’ डीएसपी महराले अनलाइनखबरसँग भने । पहिलो साँझ करीब साढे पाँच बजेको समयमा गएको प्रहरीले जनाएको छ । तर अहिले नदी थुनिएको अवस्था भने छैन ।
पहिरो गएको क्षेत्र नजिकै मानव बस्ती नभए पनि नदी थुनिएपछि क्षति हुनसक्ने भएकाले सर्तकता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4