३२ साउन, काठमाडौं । प्रिमियर लिगको साविक विजेता म्यानचेष्टर सिटी नयाँ सिजनको पहिलो खेलमै पराजित भएको छ । आइतबार भएको खेलमा ह्यारी केन बिनाको टोटनहम हट्सपरले सिटीलाई १-० ले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमलाई जिताउन दक्षिण कोरियन खेलाडी हेउन मिन सनले निर्णायक गोल गरे ।
सनले ५५औं मिनेटमा स्टेभेन बर्जविनको पासमा गोल गरेका थिए । त्यही गोल टोनहमलाई तीन अंक दिलाउन निर्णायक बन्यो ।
यसै सिजन सिटीमा अनुबन्ध भएका ज्याक ग्रिलिसले सिटीको लागि पहिलो रोजाइमा खेलेका थिए ।
तर टोटनहमका मुख्य फरवार्ड ह्यारी केन भने सिटीविरुद्ध खेल्ने टिममै थिएनन् ।
टोटनहमले तीन अंक जोड्दा सिटीले भने हारबाट लिग सुरुआत गरेको छ ।
टोटनहमका नयाँ प्रशिक्षक नुनो एसपिरितो सान्तोको लागि सुदख सुरुआत भएको छ ।
आइतबारै भएको अर्को खेलमा वेष्टहमले न्युकासललाई ४-२ ले पराजित गरेको छ ।
प्रतिक्रिया 4