+

एट्लेटिकोका गोलकिपर ओब्लाकले बनाए कीर्तिमान

२०७८ साउन  ३२ गते ६:४२ २०७८ साउन ३२ गते ६:४२
एट्लेटिकोका गोलकिपर ओब्लाकले बनाए कीर्तिमान

३२ साउन, काठमाडौं । स्पानिस क्लब एट्लेटिको मड्रिडका गोलकिपर जान ओब्लाकले क्लबका लागि सर्वाधिक खेल खेल्ने गोलकिपरको कीर्तिमान बनाएका छन् ।

ला लिगाअन्तर्गत आइतबार भएको सेल्टा भिगोविरुद्धको खेल खेल्दै स्लोभेनियन ओब्लाकले कीर्तिमान बनाएका हुन् ।

२८ वर्षीय ओब्लाकले एट्लेटिकोका लागि ३०४ खेल खेलिसकेका छन् । उनले एबेल रेसिनोलाई पछि पारेका हुन् ।

स्लोभेनियाका ओब्लाक सन् २०१४ मा पोर्चुगिज क्लब बेनफिकाबाट एट्लेटिको पुगेका थिए ।

ओब्लाकले ला लिगा, युरोपा लिग, यूईएफए सुपर कप र स्पानिस सुपर कप जितेका छन् । साथै उनले उत्कृष्ट गोलकिपरले पाउने जामोरा ट्रफी ५ पटक जितेका छन् ।

गत सिजन एट्लेटिकोले लिग जित्दा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

उनको लक्ष्य ला लिगा उपाधि रक्षा गर्द च्याम्पियन्स लिग जित्नेसमेत रहेको छ।

एट्लेटिको मड्रिड

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय