Comments Add Comment

एकसाथ तीन पूर्व मिस नेपाल

तीन पूर्व मिस नेपालहरु एकसाथ देखिएका छन् । पूर्व मिस नेपालहरु मलिना जोशी, सदिक्षा श्रेष्ठ र श्रृङ्खला खतिवडा एकसाथ देखिएका हुन् । तीन पूर्व मिस नेपालहरु केही दिन अगाडि अमेरिकामा आयोजना भएको ‘मिस नेपाल नर्थ अमेरिका २०२१’मा सहभागी हुन अमेरिका पुगेका हुन् ।

तीन पूर्व मिस नेपालहरु यो सौन्दर्य प्रतियोगीतामा निर्णायकको रुपमा सहभागी भएका हुन् । पूर्व मिस नेपाल श्रृङ्खला खतिवडा भने यो प्रतियोगीतामा सहभागी हुन र अध्ययनका लागि अमेरिका पुगेकी हुन् । मलिना, सदिक्षा र श्रृङ्खला मध्ये चलचित्र तथा भिडियोको रंगिन दुनियाँमा मलिना मात्र प्रवेश गरेकी छिन् । श्रृङ्खलाले आफ्नो अध्ययनलाई नै अगाडि बढाउनका लागि अमेरिका पुगेकी हुन् ।

तस्वीरः मलिनाको इन्स्टाग्रामबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment