Comments Add Comment

सभामुखको रुलिङ : अफगानिस्तानमा रहेका नेपालीलाई यथाशीघ्र उद्धार गर

३२ साउन, काठमाडौं । प्रतिनिधिसभाले अफगानिस्तानमा रहेका नेपालीहरुलाई यथाशीघ्र ल्याउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अफगानिस्तानमा रहेका नेपालीहरुको सम्बन्धमा प्रतिनिधिसभा र आफ्नो ध्यानाकर्षण भएको बताए ।

उनले भने, ‘त्यहाँ रहेका नेपालीहरु सुरक्षित रहने वातावरण बनाउन र यथाशीघ्र ल्याउने व्यवस्था गर्न र यसबारे आगामी बैठकमा जानकारी गराउन निर्देश गर्दछु ।

त्यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि अफगानिस्तानमा रहेका नेपालीहरुको तत्काल उद्दार गर्न माग गरेको थियो ।

एमाले सांसद गोकुल बास्कोटाले २० वर्षपछि इतिहास दोहोरिएको र दुनियाँसँगै त्यहाँ नागरिकहरु त्रसित रहेको बताए । तर सरकार मौन रहेको भन्दै उनले भनेका छन्, ‘तर कम्फर्टेबल सरकार जनकवि केशरीले भने जस्तो दुनियाँभर मादल बज्दा पनि ब्यूँझिएन । उसले केही थाहा पाएन ।’

सरकार गैरजिम्मेवार भएको भन्दै उनले त्यहाँ रहेका नागरिकहरुको रक्षा हुनुपर्ने र फिर्ताको व्यवस्था मिलाउनुपर्ने बताए । उनले अघि भने, ‘यो कुनै प्रतिवद्धताले पुग्दैन, काम हुनुपर्छ ।’ अफगानिस्तानको घटना के हो ? यसबाट नेपालले के सिक्ने भनेर सरकारले बोल्नुपर्ने एमाले सांसद बास्कोटाले बताए ।

अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ असुरक्षा बढेको छ र धेरै देशले आफ्ना नागरिक फिर्ता लगेका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले पनि अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गर्ने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment