+

साइक्लिङ : मधुमेह नियन्त्रणमा कसरी लाभ मिल्छ ?

२०७८ साउन  ३२ गते १३:४३ २०७८ साउन ३२ गते १३:४३
साइक्लिङ : मधुमेह नियन्त्रणमा कसरी लाभ मिल्छ ?

नेपालमा अझैसम्म पनि साइकल गरिबहरुको साधनको रुपमा चिनिन्छ । तर यसले मानिसको स्वास्थ्यमा राम्रो प्रभाव पार्छ भन्नेमा धेरैले अझै पनि बुझिरहेका छैनन् ।

साइकल चलाउँदा मोटोपना कम हुन्छ । साथै, मुटु पनि स्वस्थ रहन्छ । यसका अलावा हाम्रो शरीरमा रगतको प्रवाह पनि ठीकसँग हुने गर्छ । साइकल चढ्दाको फाइदाको बारेमा एउटा रिसर्चले नयाँ कुरा पत्ता लगाएको छ ।

साइकल चलाउँदा मधुमेहको नियन्त्रण गर्न सकिन्छ

एक रिपोर्टका अनुसार साइकल चलाउनुले मधुमेहलाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । यसको साथै यो मुटुसम्बन्धी समस्याको कैयौं प्रतिशत नियन्त्रण गर्न सकिन्छ ।

शोधकर्ताको समूहले ५५ देखि ५६ वर्ष उमेरका ७४५९ जना मधुमेहका बिरामीको स्वास्थ्य अवस्थाको तथ्यांकमा अध्ययन गरेका थिए । जसमा १९९२ सालदेखि लिएर सन् २००० को समयमा १० पश्चिमी युरोपेली मुलुकमा रेकर्ड गरिएको स्वास्थ्य सम्बन्धी तथ्यांक, भूसामाजिक र जीवनशैलीको जानकारीका बारेमा अहम सवाल सोधिएको थियो ।

यस अनुसन्धानसँग सम्बन्धित जानकारी अनुसार मधुमेहबाट पीडित कुल ७४५९ मध्ये केवल ५४२३ ले मात्रै अध्ययनको अन्तिमसम्म सहभागी भएका थिए । यस प्राथमिक विश्लेषणको अन्तिम अपडेट नोभेम्बर १३, २०२० मा आयोजना गरिएको छ ।

साइकल यात्रीहरुमा दीर्घ रोगका कारण मृत्युको जोखिम ३५ प्रतिशत कम

अर्काे एक अनुसन्धानले नियमित ६ वर्षभन्दा धेरै साइकल चलाउने मान्छेमा दीर्घ रोग लागेर मृत्यु हुने जोखिम ३५ प्रतिशतसम्म कम हुने गरेको पाइएको छ । यो साइकलमा यात्रा नगर्नेहरुको तुलनामा निकालिएको तथ्यांक हो ।

साइक्लिङ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

मिर्गौला खराब हुँदा देखिने सुरुवाती ७ संकेत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

पाठेघर नै नभएकी डाक्टर, आमा बन्ने चाहना राख्दा गुहार्नु पर्‍यो अदालत

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

मस्तिष्कको रहस्यमय पिनियल ग्रन्थी, जसले नियन्त्रण गर्छ चेतना

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

स-साना कुरामा पनि तनाव भइरहनु, के यो मानसिक समस्या हो ?

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

राष्ट्रिय प्रत्यारोपण केन्द्रले विविध कार्यक्रम गरी मनायो विश्व मिर्गौला दिवस

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी

विश्व मिर्गौला दिवसको अवसरमा मैत्रीपूर्ण फुटबल : अंग प्रत्यारोपितको टोली विजयी