+
+

एमाले विभाजन गर्ने अध्यादेश ल्याउन लागेको भन्दै सांसद बस्नेतको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ साउन ३२ गते १५:१६

३२ साउन, काठमाडौं । नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारले संसद अधिवेशन अन्त्य गरेर एमाले विभाजन गर्ने अध्यादेश ल्याउनलागेको भन्दै विरोध जनाएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद बस्नेतले संसद अधिवेशन गरेर अध्यादेश ल्याए आजको दिन संसदीय इतिहासमा कालो दिनको रुपमा अंकित हुने बताए ।

‘… सरकारले आज एउटा गज्जबको निर्णय गर्दैछ भन्ने सुनेँ, यो संसद अन्त्य गर्ने नेकपा एमाले विभाजन गर्ने अध्यादेश ल्याउने’ उनले भने, ‘डेढ महिनासम्म हिजो संसदीय व्यवस्था चुनौती दिने र केपी ओली सरकारलाई गाली गर्ने सरकारले आज यो निर्णय ग¥यो भने संसदीय इतिहासमा कालो निर्णय हुनेछ ।’

सांसद बस्नेतले अदालतबाट संसद पुनर्स्थापनाको निर्णय भएपछिको डेढ महिना श्रद्धाञ्जली, शून्य समय र प्रतिवेदन पेश गर्नेबाहेक कुनै काम नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?