+

नेपालले पिएनजीसंग दुई एक दिवसीय क्रिकेट खेल्ने पक्का

२०७८ साउन  ३२ गते १७:३० २०७८ साउन ३२ गते १७:३०
नेपालले पिएनजीसंग दुई एक दिवसीय क्रिकेट खेल्ने पक्का

३२ साउन, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी सेप्टेम्बरमा ओमानमा त्रिकोणात्मक सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पिएनजी) दुई एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने भएको छ ।

नेपाल, ओमान र अमेरिका सम्मिलित विश्वकप लिग टु सिरिज आगामी सेप्टेम्बरमा ओमानमा हुँदै छ ।

त्यसअघि नेपालले पिएनजीसंग खेल्न लागेको हो । नेपाल क्रिकेट संघ क्यानले नेपालले पिएनजीसंग सेप्टेम्बर ५ र ८ मा खेल्ने जनाएको छ । दोस्रो खेल डे नाइटमा हुनेछ ।

ओमानमा हुने सिरिजका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु भइसकेको छ । प्रशिक्षणमा १९ खेलाडी छन् । नेपाल, ओमान र अमेरिकाबीचकाे सिरिज सेप्टेम्बर १३ मा सुरु हुने तयारी छ ।

नेपाली क्रिकेट नेपाली क्रिकेट टिम पपुवा न्युगिनी

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय