Comments Add Comment

दोस्रो टेष्टमा भारत विजयी

१ भदौ, काठमाडौं । भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई १५१ रनले पराजित गरेको छ ।

लर्ड्समा प्राप्त जितपछि भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । वर्षाले प्रभावित पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

भारतले दिएको २७२ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड अन्तिम दिन खराब ब्याटिङ गर्दै १२० रनमै अलआउट भएको थियो।

सोमबार भारतले ८ विकेट गुमाएर २९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २७२ रनको लक्ष्य दिएको थियो ।

इंग्ल्यान्डका कप्तान जोए रुटले ३३, जोस बट्लरले २५ र मोइन अली १३ रन बनाए भने बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका मोहम्मद सिराजले ४ विकेट लिए । यस्तै जस्प्रित बुमराहले ३ तथा इशान्त शर्माले २ विकेट लिए ।

त्यस अघि दोस्रो इनिङ्समा भारतका अजिन्का रहानेले ६१ रन बनाउँदा मोहम्मद शामीले ५६ रनको महत्वपूर्ण इनिङ्स खेले ।

इंग्ल्यान्डका मार्क उडले ३ विकेट लिए । मोइन अली र ओली रोबिनसनले २/२ विकेट लिए ।

लर्ड्समा टस हारेर पहिले ब्याटिङ गरेको भारतले पहिलो इनिङ्समा ३६४ रन बनाउँदा इंग्ल्याण्डले ३९१ रन जोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment