+
+
Shares

मोहन वैद्यको राजनीतिक प्रतिवेदन : संसदीय व्यवस्थामा देउवा पनि असफल

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते ११:३९

१ भदौं, काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य किरणले प्रधानमन्त्री शेरबहादुर देउवा पनि वर्तमान व्यवस्थामा असफल भएको टिप्पणी गरेका छन् ।

पार्टीको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै वैद्यले वर्तमान संसदीय व्यवस्था संकटग्रस्त भएको र यो व्यवस्थामा  प्रधानमन्त्री देउवा पनि असफल भएको टिप्पणी गरेका हुन् ।

देउवा नेतृत्वको गठबन्धन सरकारले पनि जनताका जनजीवीकाका समस्या समाधान गर्न नसक्ने निष्कर्ष वैद्यको प्रतिवेदनमा छ ।

बैठकले लिम्पियाधुरासहितको भूभाग फिर्ता र एमसीसीको विरोधलगायतका विषय पनि उठाएको छ । साथै पहिचानसहितको संघीय संरचनाको स्वरुपबारे गहन अध्ययन गर्ने निर्णयसमेत बैठकले गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?