+
+

मानवीय कार्यलाई निरन्तरता दिने तालिबानको आश्वासन

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १ गते १३:१२

१ भदौ, काठमाडौं । तालिबानले अफगानिस्तानमा मानवीय कार्यलाई जारी राख्ने बताएको छ । राष्ट्रसंघको शरणार्थी नियोग (यूएनएचसीआर)लाई छापसहितको वक्तव्य दिँदै मुलुकमा उक्त संस्थाको मानवीय र राहत कार्यलाई जारी राख्ने तालिबानले बताएको हो ।

यूएनएचसीआरकी एसिया प्यासिफिक क्षेत्रीय निर्देशक और्भासी पटेलले यो आश्वासनले मूर्त रुप पाए अहिले सहयोगको पर्खाइमा रहेका अफगानी नागरिकलाई सहयोग पुर्‍याउन सहयोग सकिने बताएकी छिन् ।

तालिबानले अफगानिस्तानका मानिसलाई विभिन्न आश्वासन र वक्तव्य दिँदै आफूहरुलाई विश्वास गर्न आग्रह गरे पनि मानिसहरुमा तालिबानप्रतिको आशंका कायमै छ । तालिबानको यसअघिको शासनकालको कारण पनि मानिसहरुमा एक किसिमको त्रास देखिएको पटेलको भनाइ छ ।

‘अहिले उनीहरुले आश्वासन दिएका छन् । यद्यपि उनीहरुको केही कदम अहिलेको वक्तव्यको विपरीत देखिएको छ । त्यसैले मलाई तालिबानले जे भन्छ, त्यो पालना गरोस् र मानिसहलाई बोलीबाट नभई अभ्यासगत रुपमा नै आश्वस्त पारोस् भन्ने लाग्छ’, पटेलले भनिन् ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?