+
+

हात्तीवनमा वर्षाले किनिन् साढे २ करोडमा अपार्टमेन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते १२:४९

नेपाली चलचित्रका कलाकारहरुको जीवनशैली फेरिदो छ । महंगा गाडी र अपार्टमेन्ट खरिद गर्दै कलाकारहरु आनन्दको जीवन विताउन चाहन्छन् । केही हप्ता अगाडि मात्र गायक प्रकाश सपुत, नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ, कलाकार जितु नेपालले महंगो रककमा कार खरिद गरेका थिए ।

अब, नायिका वर्षा सिवाकोटीले महंगो रकममा अपार्टमेन्ट खरिद गरेकी छिन् । अनलाइनखबरलाई वर्षाले दिएको जानकारी अनुसार, हात्तीवनमा रहेको सिटी स्केप्टमा थ्रि बीएचके अपार्टमेन्ट उनले खरिद गरेकी हुन् । वर्षाका अनुसार, अपार्टमेन्टको मुल्य साढे २ करोड परेको छ । उनले भनिन्–‘आमाको सहयोगमा मैले यो अपार्टमेन्ट खरिद गरेकी हुँ । अब, यो अपार्टमेन्टमा ममी र म बस्छौं ।’

वर्षाले आजै पूजा गरेर अपार्टमेन्टको बसाई सुरु गरेको समेत जानकारी दिइन् । सितापाइलामा संयुक्त परिवारमा रहँदै आएकी वर्षा विगत एक बर्षदेखि कौशलटारमा बस्दै आएकी थिइन् । अब भने आफू र ममी मात्र अपार्टमेन्टमा रहने उनको भनाई छ । वर्षाले निषेधाज्ञा सुरु भएपछि अपार्टमेन्ट खरिदको प्रक्रिया अगाडि बढाएकी थिइन् । वर्षाले केही महिना अगाडि मात्र कार समेत किनेकी थिइन् ।

वर्षाले अभिनय गरेका ‘परदेशी २, मनदेखि मनसम्म, ए साथी सुन’ लगायतका चलचित्र रिलिजका क्रममा छन् । वर्षा म्युजिक भिडियोमा पनि व्यस्त छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?