+
+

एन्गोलाको शरणार्थी शिविरमा जन्मिएका कमाभिङ्गा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १६ गते २२:००

काठमाडौं । स्पानिस जाइन्ट रियल मड्रिडले ट्रान्सफर विन्डो अन्तिम दिन १८ वर्षका मिडफिल्डर एडुआर्डो कामाभिङ्गालाई अनुबन्ध गर्‍यो । जबकी उनलाई अनबुन्ध गर्ने कुनै चर्चा थियो ।

को हुन् कमाभिङ्गा ? कामाभिङ्गाको जन्म एन्गोलाको मिकोन्जेस्थित शरणार्थी शिविरमा भएको थियो ।

उनको परिवार अफ्रिकी मुलुक कंगोको किन्सासा सहरबाट भागेर एन्गोला आएर शरणार्थीको रुपमा बस्दै आएका थिए । पछि उनी र परिवारलाई फ्रान्स सरकारले आश्रय दियो । त्यसपछि उनीहरु सन् २००३ बाट उनीहरु फ्रान्सको फोगेरसमा बसोबास गर्न थाले । यो ठाउँ फ्रान्सको रेनसबाट करिब ५० किलोमिटर टाढा छ ।

कामाभिंगा आफ्ना आमाबाबुका ६ सन्तानमध्येका तेस्रो हुन् । उनकी आमा उनलाई जुडो खेलाउन चहन्थिन् । त्यसैले सुरुमा केही समय जुडो पनि सिके । धेरै समयसम्म उनले घरमा जुडोको अभ्यास गर्ने निहुँमा घरमा बद्मासी गर्थे । उनी घरका सबै सामान नष्ट गरिदिन्थेँ । तर, पछि उनका बाबुले उनलाई ड्रोपेउ फोउगेरस क्लबमा फुटबल खेलाउन लगे । सो क्लब एक सामान्य क्लब थियो, तर अहिले कामाभिंगालाई रियल मड्रिडमा बेच्दा लाभ पाएको छ ।

‘मलाई केही थाहा थिएन’, कामाभिङ्गा भन्छन्, ‘मेरी आमाले मलाई लिएर गइन् र साइन गराइन् । म सम्झिन्छु, म बल लिएर खेलिरहेको हुन्थे र यताउता डि्रबलिङ गराइरहेको हुन्थेँ ।’

सात वर्षको हुँदा कामाभिङ्गाले पहिलोपटक फुटबल खेलेका थिए । त्यसयता उनले सधैं आफूभन्दा माथिल्लो उमेर समूहमा फुटबल खेले । उनको खेलबाट रेनस क्लबका प्रतिनिधि प्रभावित भए र गर्मीयाममा हुने प्रतियोगिताको लागि क्बलमा बोलाए ।

उनको लागि यो निकै महत्वपूर्ण प्रतियोगिता थियो, जहाँ उनीमाथि धेरैको नजर पर्थ्यो । यो प्रतियोगिता जुलियान स्टेफनले पनि हेरिरहेका थिए । उनी फ्रान्सको राष्ट्रिय टोलीका प्रशिक्षक हुन् । उनले फ्रान्सको पनि राष्ट्रिय टोलीमा पनि राम्रो प्रदर्शन गरेर सबैलाई प्रभावित गरिसकेका छन् ।

जीवन बदल्ने आगलागी

२०१३ मा कामाभिङ्गा केवल ११ वर्षका थिए । तर उनको जीवनमा ठूलो घटना घट्नेवाला थियो । उनी रेनसमा जाने लगभग तय भइसकेको थियो । तर, उनको घरमा आगलागी भयो । एक च्यारिटीबाट उनले परिवारले आवश्यक सामग्री पाए ।

कामाभिङ्गालाई सानो छँदा फुटबल सिकाएका निकोलास मार्टिनाइस भन्छन्, ‘उनीहरुले सबै गुमाइसकेका थिए । त्यो घर आँसुको सागरमा डुबेको थियो ।’

‘त्यो दिनपछि म फुटबल सिक्न जान थालेँ र मलाई फुटबलले यसबाट बाहिर निस्किन सहयोग गर्‍यो’, कामाभिङ्गा भन्छन्, ‘यो शोकबाट बाहिर निस्किने मार्ग थियो ।’

गत वर्ष उनले दिएको एक अन्तर्वार्ताले आफ्ना बाबुको बोली सम्झिँदै भनेका थिए, ‘केही चिन्ता लिनुपर्दैन, तिमी महान फुटबल खेलाडी बन्दैछौ र तिमीले यो घर बनाउनेछौ ।’

‘बुबाले त्यतिबेला भन्नुभएको साँचो थियो’, कामाभिङ्गा भन्छन्, ‘म परिवारको आशा थिएँ । अचानक मलाई हौसला बढ्यो । मेरो अभिभावक यसअघि नै खुसी थिए, तर मलाई थाहा थियो मैले उनीहरुलाई अझै खुसी बनाउन सक्छु ।’

कामाभिङ्गाले आफ्नो घर आगलागी भएको बिहानी बिर्सेका छैनन् । ‘हामी त्यो घरमा बस्दै आएका थियौं । जुन घर मेरा बुबाआमाले एक वर्षभन्दा कम समयमा निर्माण गरेका थिए’, उनी भन्छन्, ‘मलाई त्यो घटना हिजोको जस्तो लाग्छ । म विद्यालयमा थिएँ र झ्यालबाट फायरफाइटरहरु गइरहेको देखेको थिएँ ।’

कक्षा सकिएपछि शिक्षकहरु म र बहिनी भएको ठाउँमा आए र के भएको थियो भनेर बताए । मेरो बुबा आउनुभयो र हामीलाई लैजानुभयो । सबै जलेको थियो ‘

अहिले कामाभिंगा १८ वर्षको भएका छन् । अब उनी रियल मड्रिडबाट फुटबल खेल्नेछन् ।

मार्काबाट

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?