+
+

नवीन न्यौपानेका बुबाआमाको उपचारका लागि सन्तोष साहुखलको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते ८:२६

काठमाडौं । पूर्वराष्ट्रिय फुटबल खेलाडी सन्तोष साहुखलले नवीन न्यौपानेका बुबाआमाको उपचारको लागि ५३ हजार रुपैयाँ सहयोग गरेका छन् । नवीनका बुवाआमा क्यान्सरको उपचार गराइरहेका छन् ।

थ्रीस्टार, एपीएफ, मनाङ मर्स्याङ्दी र च्यासल क्लबबाट खेलेका सन्तोष सन् २०१५ यता जापानमै बसोबास गर्छन् । उनले पठाएको उक्त रकम उनका दाइ बालगोपाल साहुखलले बुधबार नवीनलाई हस्तान्तरण गरे ।

त्रिभुवन आर्मी फुटबल क्लबका प्रशिक्षकको रुपमा कार्यरत नवीनले २०६८ सालमा मनाङमा सन्तोषसँगैगै खेलेका थिए । नवीनले २०६४-६५ मा एनआरटीबाट बालगोपालसँग पनि खेलेका थिए ।

‘बाआमाको स्वास्थ्य अहिले राम्रो भइरहेको छ,’ नवीनले भने, ‘यसक्रममा धेरैले सहयोग गरेका छन् । यसले जिन्दगी नै फुटबलमा बिताएर राम्रै गरेछु भन्ने लागिरहेको छ । सन्तोषसहित सबैलाई धन्यवाद ।’

सन्तोषले जापानको गैरसरकारी संस्था रियाले वल्र्ड एनपीओको लागि ‘रोल मोडल’ को रुपमा व्यावसायिक खेलाडी बन्न चाहने बालबालिकाहरूलाई फुटबल प्रशिक्षण दिनेसँगै गाइड पनि गरिरहेका छन् ।

उनले स्वदेश फर्केर पछिल्ला दुई सिजन सहिद स्मारक ‘ए’ डिभिजन लिग च्यासल युवा क्लबबाट खेलेका थिए । त्यसक्रममा उनी ए डिभिजन लिगमा १०० गोल गर्ने पहिलो भए ।

फोटो : एनएसजेएफ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?