+
+

फ्रान्स बराबरीमा रोकियो, डेनमार्क विजयी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १०:३१

१७ भदौ, काठमाडौं । फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १-१ को बराबरी खेलेको छ ।

१० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै एन्टोइनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए । ५१औं मिनेटमा जुल्स कुन्डे रातो कार्ड पाउ मैदान बाहिरिएपछि फ्रान्स १० खेलाडी सीमित भयो । त्यसपछि थप गोल हुन सकेन र दुवै टिमले बराबरी खेल्दै समान एक अंक जोडे ।

समूह डी मा दोस्रो बराबरी खेलेको फ्रान्स चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो बराबरी नै खेलेको बोस्निया तीन खेलबाट दुई अंकसहित चौथो स्थानमा छ ।

उता समूह एफमा शतप्रतिशत जित हात पार्ने क्रममा डेनमार्कले स्कटल्याण्डलाई २-० ले हरायो ।

घरेलु मैदान कोपनहेगनमा भएको खेलमा डेनमार्कका लागि डानिएल वासले १४औं र योकिम माहलेले १५औं मिनेटमा गोल गरे ।

लगातार चौथो जितपछि १२ अंक जोडेको डेनमार्क शीर्ष स्थानमा छ । छनोटमा पहिलो हार बेहोरेको स्कटल्याण्ड भने पाँच अंकसहित चौथो स्थानमा छ । यसै समूहको अन्य खेलमा इजरायलले फारो आइसल्याण्डलाई ४-० ले र अष्ट्रियाले मोल्दोभालाई २-० ले पराजित गरेको छ । जितपछि इजरायल र अष्ट्रेलियाले समान ७ अंक जोडेका छन् । गोलअन्तरमा इजरायल अघि रहँदै दोस्रो स्थानमा छ ।

यसैगरी समूह जी मा नेदरल्याण्ड्सले नर्वेले १-१ को बराबरी खेलेका छन् । एर्लिन हालान्डले खेलको २०औं मिनेटमै गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । तर ३७औं मिनेटमा ड्याभी क्लासेनले डच टोलीका लागि बराबरी गोल फर्काए । यस समूहको अर्को खेलमा टर्कीले मोन्टेनेग्रोसँग २-२ को बराबरी खेल्यो ।

टर्की ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्स, मोन्टेनेग्रो र नर्वेको समान ७ अंक छ र क्रमश: दोस्रो, तेस्रो र चौथो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?