+
+

चितवनको भरतपुर अस्पतालमा अख्तियारको छापा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १७ गते १३:५७
फाइल तस्वीर

१७ भदौ, वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर अस्पतालमा छापामारी गरेको छ । अस्पतालले सञ्चालन गरेको फार्मेसीमा अनियमितताको उजुरी परेपछि अख्तियारको टोलीले छापामारी गरेको हो ।

अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाबाट उपसचिव विष्णु प्रसाद सापकोटासहित ५ जनाको टोली पुगेको छ । टेन्डरमा सहभागी नै नभएको फर्मबाट औषधि खरिद गरेको, फार्मेसी तर्फकालाई नदिएर सीएमएलाई प्रमुखको जिम्मेवारी दिएको, न्युनतम औषधि समेत उपलब्ध नगराएको लगायतका उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतले जनाएको छ ।

अयोगको हेटौंडास्थित कार्यालयका प्रवक्ता समेत रहेका सापकोटाले अनुसन्धानको लागि आवश्यक कागजात नियन्त्रणमा लिने काम भइरहेको बताए ।

‘अस्पतालको फार्मेसीमा अनियमितता भएको उजुरी परेको थियो, अनुसन्धानको लागि आवश्यक कागजात जुटाउन अस्पतालमा छौं,’ उनले भने, ‘ लेखा शाखाबाट आवश्यक कागजात लिन्छौं, फार्मेसी र औषधिको मौज्दातको अवस्था बुझ्छौं ।’

अनियमितताको उजुरी परेपछि वीरगञ्जको नारायणी अस्पतालको फार्मेसीबारे समेत अख्तियारले अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?