+
+

इटली लगातार ३५ खेलमा अपराजित, स्पेन र ब्राजिलको कीर्तिमानसँग बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते ९:५१

१८ भदौ काठमाडौं । युरो च्याम्पियन इटलीले अन्तर्राष्ट्रिय फुटबलमा अर्को उपलब्धि हासिल गरेको छ ।

विश्वकप छनोट अन्तर्गत गएराति भएको खेल बुल्गेरियासँग १-१ को बराबरी खेल्दै इटलीले अन्तर्राष्ट्रिय फुटबलमा लगातार ३५ खेलसम्म अपराजित रहने स्पेन र ब्राजिलको कीर्तिमान बराबरी गरेको हो । युरोपियन छनोट अन्तर्गत समूह सी मा यसअघि लगातार तीन खेल जितेको इटलीको यो पहिलो बराबरी हो ।

इटलीले फेडेरिको किएसाको गोलबाट १६औं मिनेटमा अग्रता लिएको थियो । तर एटानास इलिभले ४०औं मिनेटमा बुल्गेरियाका लागि बराबरी गोल फर्काए ।

युरोकप जितेपछि पहिलो खेल खेलेको इटलीले बराबरी गरेपछि कीर्तिमान भने बराबरी गरेको हो ।

सन् २०१८ सेप्टेम्बरमा पोर्चुगलसँग पराजित भएयता इटली अपराजित रहेको छ । यस क्रममा इटलीले युरो २०२० को उपाधि समेत जितेको थियो ।

यसअघि ब्राजिल सन् १९९३ देखि १९९६ सम्म लगातार ३५ खेलमा अपराजित थियो । यस्तै स्पेन पनि २००७ देखि २००९ सम्म लगतार ३५ खेलमै अपराजित थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?