+
+

रोनाल्डो र मेस्सीले अझै तोड्न सक्ने रेकर्डहरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १३:५६

१८ भदौ, काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लिओनल मेस्सी विश्व फुटबलका सुपर स्टार हुन् । त्यसमा कुनै शंका छैन । दुवै खेलाडी अहिले करियरको उत्तरार्धतिर छन् । तर दुई खेलाडी एउटै ट्रान्सफर विन्डोमा क्लब छाडेर अर्को क्लबमा पुगे ।

रोनाल्डो इटालियन क्लब युभेन्टस छाडेर पूर्व क्लब म्यानचेष्टर युनाइटेड फर्किएका छन् भने मेस्सी स्पेनिस क्लब बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन लागेका छन् ।

३० वर्ष काटिसकेका दुवै खेलाडी अहिले पनि लयमा छन् र उनीहरुले तोड्न सक्ने केही रेकर्ड छन् ।

अहिलेसम्म के-के उपलब्धि प्राप्त गरे ?

लिग ट्रफी, कप ट्रफी, च्याम्पियन्स लिग र अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि पनि जितिसके । टिम अनुसार जित्नुपर्ने सबै ट्रफी दुई खेलाडीले जितिसके । गोल गर्न दुवै खेलाडी माहिर छन् ।

रोनाल्डोले यसै साता मात्र अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक १११ गोलको कीर्तिमान बनाए ।

च्याम्पियन्स लिगमा फरकफरक क्लबबाट खेल्दै सर्वाधिक १३४ गोल गरेका छन् । उनले म्यानचेस्टर युनाइटेड, रियल मड्रिड र युभेन्टसबाट च्याम्पियन्स लिग खेलेका थिए ।

मेस्सी ४७४ गोलसहित ला लिगामा सर्वाधिक गोल गर्ने खेलाडी हुन् । मेसीले ला लिगाको एउटै सिजनमा सर्वाधिक ५० गोल गर्ने कीर्तिमान पनि बनाएका छन् । ला लिगाको सर्वाधिक गोलकर्ताले पाउने पिचिची ट्रफी पनि उनले सर्वाधिक ८ पटक जितेका छन् ।

मेस्सीले च्याम्पियन्स लिगमा एउटै टिमबाट सर्वाधिक १२० गोल गरेका छन् ।

अझै के गर्न सक्छन् ?

रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता बनिसके । तर मेस्सी दक्षिण अमेरिकाबाट अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी बन्न सक्छन् । ब्राजिलका पेलेको नाममा रहेको ७७ गोलको कीर्तिमान तोड्न मेस्सीलाई २ गोल मात्र आवश्यक छ । मेस्सीले ७६ गोल गरिसकेका छन् ।

यस्तै युनाइटेड फर्किएका रोनाल्डो च्याम्पियन्स लिगमा सर्वाधिक खेल खेल्ने खेलाडी बन्नबाट दुई खेल टाढा छन् । हाल यो कीर्तिमान इकर कासियासको नाममा छ । कासियासले १७७ खेल खेलेका छन् । मेस्सीले १४९ खेल खेलेका छन् ।

मेस्सीले बालोन डि’ओर अवार्ड सर्वाधिक ६ पटक जितेका छन् भने रोनाल्डोले ५ पटक जितेका छन् । यस्तै रोनाल्डोले ५ पटक च्याम्पियन्स लिग उपाधि जित्दा मेसीले ४ पटक जितेका छन् । करियरको गोल हिसाब गर्दा रोनाल्डोले ६७४ गोल गोल गरेका छन्, जुन मेस्सीको गोल संख्या भन्दा २ ले बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?