+
+

अफगानिस्तान : बाइडनसँगै उनका आलोचक पनि पराजित

रस डौथट रस डौथट
२०७८ भदौ १८ गते १६:५२

एक महिनाअघि २० वर्ष अफगानिस्तानमा चलेको अमेरिकाको युद्धबारे मेरो नकरात्मक धारणा थियो । अहिले अस्तव्यस्तरुपमा अमेरिकी सेनाको फिर्ती तथा जुन कुराको प्राप्तिका लागि हामी लड्यौं, त्यसैको पतन भएको देख्दा मलाई उक्त नकरात्मकता पर्याप्त रहेनछ भन्ने महसुस भइरहेको छ । अफगान राजनीतिक व्यवस्था बनाउने अमेरिकी प्रयास बाराक ओबामाको कार्यकालमा नै असफल भएको थियो, जब अमेरिकाले तालिबानको आगमन रोक्न सकेन । मेरो विरोधको आधार यही थियो ।

त्यो असफलतालाई कर्मचारीतन्त्रीय झुटले लुकाएको थियो । ‘कूटनीति’ शब्दको अत्यधिक प्रयोग गर्ने कूटनीतिबाट न विजय हासिल हुने कुनै सम्भावना थियो, न त अफगानिस्तानमा बसिरहने कुनै स्पष्ट कारण थियो । जे भए पनि जो बाइडनले अव्यवस्थित ढंगले भए पनि सेना फिर्ता गरेरै देखाए । तर, यसबाट अमेरिकाको विद्यमान महाशक्ति राष्ट्रको क्षमता, अफगानिस्तानमा उसको मिसन र यति धेरै वर्ष त्यहाँ अमेरिका बस्नुको औचित्यमाथि पनि प्रश्न उठ्न थालेको छ ।

अमेरिकी सेनाको फिर्ती यति अव्यस्थित रह्यो कि करीब दुई सय अमेरिकीले काबुलको अन्तिम विमानसमेत भेट्न सकेनन् । यसले अमेरिकाको अक्षमता स्पष्ट हुन्छ । अराजकता फैलनु त स्वाभाविक नै थियो तर अमेरिका तालिबानको पुनः आगमन गर्ने गति देखेर अचम्ममा पर्‍यो । राष्ट्रपति आफैंले पनि यसको कल्पना गरेका थिएनन् । तर, सर्वसाधारणसँग हरेक अमेरिकीलाई सुरक्षित फिर्ता ल्याउने प्रतिज्ञा गरिरहे । सबै अमेरिकी सेना फिर्ता भइसक्दा पनि यो क्रम रोकिएको छैन ।

मेरो उद्देश्य फिर्तीको व्यवस्थापनमा बाइडन प्रशासनको आलोचना गर्नु मात्र होइन । म ती सञ्चारमाध्यम र राजनीतिक प्रतिक्रियाको कुरा गरिरहेको छु, जो अफगानिस्तानबाट सेना फिर्तीको विरोधमा यस्तो तर्क गरिरहेका छन् कि जसले उनीहरू स्वयमलाई धोका दिन्छ । यी तर्कहरू संदिग्ध वा खतरनाक छन् । जस्तो– अफगानिस्तानमा स्थिति गज्जबसँग स्थिर थियो र ट्रम्प प्रशासनभन्दा पहिला त्यहाँ युद्धमा परी मर्नेको संख्या कम हुन थालेको थियो ।

वास्तवमा अमेरिकीको मृत्यु भलै कम भयो तर मृत्युवरण गर्ने अफगान सैनिक र नागरिकको संख्या १५ हजार प्रतिवर्ष भन्दा धेरै रह्यो । र, तालिबान तीव्र बढिरहेको थियो र उनीहरू देखिनेगरी आफ्नो आधार बलियो बनाइरहेका थिए ।

वास्तवमा अमेरिकीको मृत्यु भलै कम भए पनि अफगान सैनिक र नागरिकको मृत्यु हुने संख्या १५ हजार प्रति वर्षभन्दा धेरै थियो । साथै, तालिबान तीव्र गतिले बढिरहेको थियो र उनीहरूले स्पष्ट रुपमा आफ्नो आधार बलियो बनाइरहेका थिए । यसबाट अमेरिकाले समय-समयमा सैनिक बढाउनु जरुरी छ भन्ने लाग्थ्यो ।

अफगान उदारवादलाई बढाउनका लागि सेनाको अनिश्चित तैनाथी नैतिकरूपमा जरुरी थियो भन्ने तर्क पनि बेकार छ । २० वर्षको प्रयास र दुई लाख करोड डलर खर्च गर्दा पनि एउटा धार्मिक संगठनले यति छिटै देशमाथि कब्जा गर्छ भने यो हाम्रो नैतिक उपलब्धिमा भ्रष्टाचार, अक्षमता र ड्रोन अभियान महङ्गो पर्यो भन्ने संकेत हो ।

यी सबै तर्क अमेरिकामा अल कायदाले गराएको ९-११ को आक्रमणपछि मानिसमा विकास भएको मानसिकतासँग जोडिएको छ । यस्तो मानसिकता अमेरिकी सञ्चारमाध्यमद्वारा प्रोत्साहित, अमेरिकी सेनाको क्षमतामा अति–आत्मविश्वास, दोस्रो विश्युद्धको यादप्रति उदासीनता र उदार तथा नवरुढीवादी स्वरूपमा मानवतावादको मिश्रण हो । अमेरिकी बौद्धिकवर्गमा यसको यसको झल्को अझै पनि देख्न सकिन्छ । त्यसैले तथाकथित रणनीतिकार भनिरहेका छन् कि अमेरिकी सेना अफगानिस्तानमा अझै २० वर्ष बस्नुपर्थ्यो ।

बाइडनको जति आलोचना गरे पनि अपुग हुन्छ । तर, अहिले बाइडन आफ्ना आलोचकले लामो समयदेखि समर्थन गरिरहेको असफल नीतिबाट अमेरिकालाई बाहिर ल्याउने प्रयास गरिरहेका छन् । उनीहरूलाई बाइडनलाई नै बलिको बोको बनाउनु राम्रो लागिरहेको छ । तर, अहिले भएको बर्बादीमा हाम्रा नेतालाई केवल अगष्ट २०२१ मा के गलत भयो ? भन्ने मात्र याद छ ।

यस्तो सोच राख्ने हो भने हामीले पछिल्लो दुई दशकमा यो युद्धबाट केही पनि सिकेनौं भन्ने कुराको प्रमाण हो । अब पनि यस्ता गल्तीलाई अझै बढाउने र यसबाट केही सिकेर अघि नबढ्ने हो भने त्यसपछि आउन सक्ने बर्बादी झन् भयानक हुनेछ ।

(न्यूयोर्क टाइम्सका नियमित स्तम्भकार तथा वरिष्ठ पत्रकार डौथटको आलेखको भावानुवाद ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?