+
+

विभाजनको औचित्य स्थापित हुन सक्दैन : सुवास नेम्वाङ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १७:३८

१८ भदौं, काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टी विभाजन गरेर जानेहरुलाई आ-आफ्नो ठाउँबाट प्रश्न गर्न आह्वान गरेका छन् ।

पार्टी निकट पेशागत तथा प्रगतिशील कानून व्यवसायी संगठन नेपाल (पीपीएलए) को कार्यक्रममा नेम्वाङले पार्टी विभाजनको औचित्य स्थापित हुन नसक्ने बताए । ‘तपाईहरु आ-आफ्नो ठाउँबाट, घरघरबाट र गाउँगाउँबाट सोध्नुपर्छ- कुन विचाराधारा र दर्शनमा फरक पर्‍यो ? अनि दल विभाजन गर्नु भयो ?’, नेम्वाङले भने ।

दर्शन र विचारका कारण नभइ ‘तँ र म’ का कारण पार्टी विभाजन भएको उनले बताए । माधव नेपाल तर्फ संकेत गर्दै नेम्वाङले भने, ‘म नाम बिर्सने मान्छे । दुई घण्टा, तीन घण्टा छलफल गरेँ । तर, मँ । त्यो केपी ओली अन्तरगत काम गर्ने ? अब धेरै कुरा गर्दिनँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?