+
+

‘माइकल स्टेअप’ले गर्यो कलाकर्मीलाई सम्मान

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १७:४०

काठमाडौंको डिल्लीबजारमा अवस्थित ‘माइकल स्टेअप एण्ड आर्टस् एकेडेमी’ले तिन दर्जन भन्दा बढी कलाकर्मीलाई सम्मान गरेको छ । हरितालिका तीजको अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा गायक, गायिका, मोडल, निर्देशक, छायांकार, पत्रकार लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रमका विशेष अतिथी गायक सिताराम पोख्रेल र देबेन्द्र शाहले कलाकर्मीहरुलाई सम्मान पत्रबाट सम्मानित गरे ।

सम्मानित हुनेहरुमा गायिका रचना रिमाल, एलिना चौहान, मोडलहरु आकाश श्रेष्ठ, पुष्प खड्का, प्रिज्मा खतिवडा, प्रिन्सी खतिवडा, स्मारिका–समारिका ढकाल, निर्देशक सुव्रतराज आचार्य, निशान घिमिरे, कलाकारहरु राज कटुवाल, नरेन खड्का लगायतका छन् ।

साथै, कार्यक्रमका विशेष अतिथीहरु डाक्टर कृष्णहिर बराल, डाक्टर डीआर उपाध्याय, गायक सिताराम पोेख्रेल, देबेन्द्र शाहलाई पनि सम्मानित गरिएको थियो ।

एकेडेमीका अध्यक्ष माइकल चन्दले हरितालिका तीजको अवसरमा शुभकामना आदन–प्रदानका लागि कार्यक्रम आयोजना गरिएको बताए । यस्तै, उनले आफूले नेपाल आएपछि काम गरेका कलाकर्मी तथा पत्रकारहरुलाई सम्मानित गरेको प्रतिक्रिया दिए ।

‘माइकल स्टेप अप एण्ड आर्टस् एकेडेमी’मा नृत्यको कक्षाका साथै जुम्बाको पनि प्रशिक्षण दिइने माइकलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?