+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

गोरखा र चितवन जोड्ने त्रिशूली नदीको पुल निर्माण अन्तिम चरणमा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १८:१२

१८ भदौ, गोरखा । गोरखाको गण्डकी गाउँपालिका–६ भुम्लीचोक र चितवनको इच्छाकामना गाउँपालिका–३ फिस्लिङ जोड्ने मोटरेबल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । त्रिशूली नदीमाथि निर्माणाधीन पुलको हालसम्म करिब ९० प्रतिशत काम सम्पन्न भएको पुल योजना मध्यक्षेत्र सेक्टर नम्बर २ कार्यालयले जनाएको छ ।

स्टील आर्क र प्रिजफेज मोडलको उक्त पुल निर्माणको जिम्मा टुन्डी/लामा/सपना जेभीले पाएको छ । तीन वर्षमा सक्ने गरी २०७३/७४ मा सम्झौता भए पनि कोभिडका कारण केही ढिलाइ भएको कार्यालयका इन्जिनियर पुरुषोत्तम भण्डारीले बताए । ‘कोभिडले गर्दा समयमै काम सम्पन्न हुन नसकेपछि गत असारसम्म म्याद थप भएको थियो, अब फेरि कोभिडको म्याद थप हुन बाँकी छ,’ उनले भने । पुलको लागत १६ करोड रहेको भण्डारीले बताए ।

पुलको लम्बाइ १४५ मिटर रहेको छ । पुलको काम लगभग सकिएको निर्माण कम्पनीका इन्जिनियर सागर बस्नेतले बताए । ‘पुलको काम सय प्रतिशत नै सकियो भन्दा हुन्छ, पुलको छेउबाट गोरखातर्फ करिब दुई सय मिटर सडक ग्राभेल पनि गर्नुपर्ने भएकाले त्यो काम हुँदैछ,’ उनले भने ।

अहिले स्थानीयबासी झोलुङ्गे पुलमार्फत त्रिशूली नदी वारपार गर्दै आएका छन् । मोटरेबल पुल बनेपछि सबैभन्दा बढी किसानहरु लाभान्वित हुने गण्डकी गाउँपालिका अध्यक्ष होमबहादुर रानाले बताए ।

‘घ्याल्चोक, भुम्लीचोक लगायतका क्षेत्र तरकारीको पकेट क्षेत्र हो, यहाँ उत्पादन हुने सबै कृषि उपजको बजार फिस्लिङ नै हो भन्दा हुन्छ, अन्य जिल्लामा लान पनि तल हाइवे भएरै लानुपर्छ,’ उनले भने, ‘पक्की पुल नहँुदा अहिले झोलुङ्गे पुलबाट मान्छेले बोकेर लानुपर्ने बाध्यता छ, पुल बनेपछि गाडीमा लान पाइन्छ, ढुवानी खर्च पनि कम लाग्ने भयो सजिलो पनि हुने भयो ।’ गाउँपालिकाको कार्यालय जाने मुख्य सडक समेत भएकाले पुल बनेसँगै आउजाउ गर्न निकै सहज हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?