
News Summary
Generated by OK AI. Editorially reviewed.- धादिङको त्रिशूली नदीमा दुई शव भेटिएका छन् ।
- प्रहरीले शवको पहिचान नभएको र अनुसन्धान भइरहेको बताएको छ।
- शव नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा भेटिएको हो।
२४ असार, काठमाडौं । धादिङस्थित त्रिशूली नदीमा दुई जनाको शव भेटिएको छ । नदी किनारमा लेदो माटोमा डुबेको अवस्थामा शव भेटिएको हो ।
मृतकको पहिचान भएको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।
यसैबीच धादिङको बेनिघाट रोराङ गाउँपालिका–७, चरौंदी नजिकै त्रिशूली नदी किनारमा मंगलबार बिहान अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगाएको छ।
गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया ‘विवेक’ एक आफन्तको बिहान ५ बजे निधन भएपछि शवलाई चरौंदीस्थित त्रिशूली किनारमा दाहसंस्कार गरिँदै थियो। बिहान साढे ९ बजेतिर त्रिशूली नदीमा अचानक बाढी बढेपछि जलिरहेको शवको अवशेषसहित चिता नै बगाएको गाउँपालिका अध्यक्ष थपलियाले जानकारी दिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4