+
+
Shares

त्रिशूलीमा फसेकालाई उद्धार गर्न नसकी फर्कियो हेलिकप्टर

अनलाइनखबर अनलाइनखबर
२०८२ असार २४ गते ८:१९

२४ असार, काठमाडौं । नुवाकोटस्थित त्रिशूली नदीमा फसेकाहरूलाई उद्धार गर्न पुगेको हेलिकप्टर फर्किएको छ ।

विदुर नगरपालिकाको इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा २ जना व्यक्ति फसेका छन् । उनीहरुको उद्धारका लागि गएको पहिलो हेलिकप्टर उद्धार गर्न नसकी फर्किएको हो ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पहिले आएको सानो हेलिकप्टरले उद्धार गर्न नसकेपछि अर्को ठूलो हेलिकप्टर पुगेको छ । अहिले उद्धार कार्य जारी रहेको छ ।

घाँस-दाउरा गर्न गएका उनीहरु नदीमा बाढी आएपछि त्यहीँ फसेका हुन् । उनीहरु रुखमा चढेर बसेका छन् । रुखमुनि बाढी आएको छ ।

उनीहरु दुवै जना एकै परिवारका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?