+
+

एमाले हुम्लाले बनायो ‘पार्टी एकता पहल समिति’

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १८ गते १९:११

१८ भदौ, सुर्खेत । नेकपा एमाले हुम्लाले पार्टी विभाजनले दोधारमा रहेका नेता तथा कार्यकर्तालाई एकताबद्ध बनाउन तीन सदस्यीय समिति गठन गरेको छ । शुक्रबार सम्पन्न जिल्ला कमिटीको बैठक एमाले हुम्ला जिल्ला अध्यक्ष दल रावलको संयोजकत्वमा जिल्लाका शीर्ष नेताहरु सम्मिलित तीन सदस्यीय पार्टी एकता पहल समिति गठन गरेको हो ।

‘बैठकले पार्टी एकता र १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नेतिर केन्द्रित भएर निर्णय गरेको छ,’ अध्यक्ष रावलले भने, ‘अब पालिका र वडा तहका संरचनाहरुलाई थप मजबुत बनाउन जिल्लास्थित शीर्ष नेताहरुलाई कार्य विभाजन सहित खटाएका छौं ।’

रावलका अनुसार बैठकले एमाले केन्द्रीय कमिटी बैठकको निर्णयलाई समेटेर जारी गरिएको अन्तरपार्टी निर्देशन १२ अनुसार पार्टी अधिवेशनको तयारी गर्न, संगठित सदस्यता नवीकरण र पार्टीका आन्तरिक काम गर्ने तयारी लगायतका निर्णय समेत गरेको छ ।

बैठकले जिल्लाका सातवटै स्थानीय तहमा पार्टी संगठनका गतिविधि सञ्चालन गर्न पालिका स्तरीय कार्ययोजना समेत बनाउने निर्णय गरेको छ ।

बैठकले पार्टी सचिव तीर्थराज रोकाया माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा गएपछि रिक्त रहेको सचिवमा उपसचिव पूर्णप्रसाद ढकाललाई जिम्मेवारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?