+
+

श्रीलंकन धम्मिकाप्रसादले भैरहवाबाट ईपीएल खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ १९ गते १८:०३

१९ भदौ, काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्लाडिएटर्सबाट  एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने भएका छन् ।

भैरहवाले शनिबार विज्ञप्ति जारी गर्दै आागामी असोजमा हुने चौथो संस्करणको ईपीएल टी-२० का लागि धम्मिकालाई अनुबन्ध गरेको जानकारी दिएको छ ।

३८ वर्षीय धम्मिकाले सन् २००६ मा बंगलादेश विरुद्ध डेब्यु गरेका थिए । उनले श्रीलंकाका लागि २५ टेस्टमा ७५ विकेट लिएका छन् चने २४ एकदिवसीयमा ३२ विकेट र २१ टी२० मा १९ विकेट लिएका छन्।

भैरहवाले यसअघि नै श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगालाई अनुबन्ध गरिसकेको छ ।

शरद  भेषावकरको कप्तानीमा रहेको भैरहवाका मुख्य प्रशिक्षकमा राष्ट्रिय टिमका पूर्व प्रशिक्षक पुबुदु दसानायके रहने छन् । ईपीएल असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?