+
+

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १३:१२

२१ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१६ माछापोखरी बस्ने ५६ वर्षीय शिवराम गजुरेल रहेका छन् ।

उच्च अदालत पाटनको २०७८ असार २८ गतेको फैसलाले गजुरेललाई ७ दिन कैद र १३ लाख ५० हजार जरिवाना सुनाएको थियो ।

ब्यूरोले महाराजगञ्जबाट खटिएको प्रहरीले गजुरेललाई बालाजु शेषमतीपुल काठमाडौंबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका गजुरेललाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्‍ने जानी जानी झुक्याएर हाम्रो विकास बैंकको चेक आ-आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितहरूलाई दिएका थिए।

बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ को दफा ३(ग) बमोजिमको कसूरमा ठहर गरी उच्च अदालत पाटनले उक्त सजाय हुने गरी फैसला सुनाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?