+
+

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय बैठक सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १५:१४

२१ भदौ, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दक्षिण–पूर्वी एसिया क्षेत्रको ७४ औं क्षेत्रीय बैठक सोमबारबाट सुरु भएको छ ।

बैठकमा विश्वका प्रमुख स्वास्थ्य नेतृत्वकर्ताले विश्वव्यापी स्वास्थ्य सेवा प्रदान तथा जोखिम सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको लागि थप प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन् । उनीहरुल यो क्षेत्रका मानिसहरुलाई आवश्यक पर्ने खोप, औषधि, उपकरण र प्रविधिको उपलब्ध गराउनुपर्नेमा जोड दिएका छन् ।

भर्चुअलमाध्यमबाट शुरु भएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सेवा विकट क्षेत्रमा रहेका मानिसहरुसम्म पुग्नु सबैको प्राथमिकता हुनुपर्ने बताए ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानम गेब्रेयेससले भने, ‘कोभिड–१९ को महामारीले अहिले निरन्तर मानिसको जीवन, बसोबास, समाज र अर्थतन्त्रमा नकारात्मक असर पारिरहेको छ । गत मे मा व्यापक मात्रामा बढेपनि दक्षिण–पूर्वी एसियामा कोरोना संक्रमण र मृत्यु हुनेको संख्यामा कमी आएकोमा म निकै खुसी छु ।’ गेब्रेयेससले अहिले पनि फरक-फरक मुलुकमा अवस्था भिन्न रहेकाले अब पुनः पुरानो अवस्था आउन नदिन बेलैमा तयारी गर्नुपर्नेमा जोड दिए ।

डब्ल्यूएचओको दक्षिण–पूर्वी एसियाकी क्षेत्रीय निर्देशक पूनम खेत्रपाल सिंहले कोरोनाले स्वास्थ्य क्षेत्रमा नकारात्मक असर पारेको भन्दै अब स्वास्थ्य क्षेत्रको क्षमता अभिवृद्धि गर्नु जरुरी रहेको बताइन् ।

पाँचदिने भर्चुअल सम्मेलनमा यो क्षेत्रका स्वाथ्यमन्त्रीहरु र वरिष्ठ स्वास्थ्य अधिकारी, अन्य नियोगका, साझेदार र नागरिक समाजका प्रतिनिधि सहभागी हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?