+
+

कैलाली र कञ्चनपुरका ३२-३२ जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २१ गते १७:२६

२१ भदौ, धनगढी । नेकपा एमालेको विभाजनपछि बनेको नेकपा, एकीकृत समाजवादी पार्टीमा स्थानीय तहका जनप्रतिनिधिहरु आउने क्रम जारी रहेको छ । दल रोज्न दिइएको समय सकिन एक दिन मात्र बाँकी रहेका बेला सुदूरपश्चिम प्रदेशमा पनि जनप्रतिनिधिहरु अन्तिम निर्णय लिन थालेका छन् ।

सोमबार दिउँसोसम्म कैलाली र कञ्चनपुरका ६४ जना जनप्रतिनिधिले एकीकृत समाजवादी दल रोज्दै निर्वाचन आयोगको कार्यालयमा पुगेर सनाखत गरेका छन् । कञ्चनपुरको पुनर्वास नगरपालिकाका मेयर जीवनबहादुर थापासहितका ३२ जना जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादी पार्टी रोजेका हुन् ।

जिल्ला निर्वाचन कार्यालय कैलालीका अनुसार सोमबार दिउँसोसम्म जिल्ला समन्वय समितिकी उपप्रमुख सुन्दरीदेवी चौधरीसहितका ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । जसमा गोदावरी नगरपालिकाकी उपप्रमुख रत्ना कडायत र मोहन्याल गाउँपालिकाकी उपाध्यक्ष पुजादेवी बुढामगर पनि छिन् ।

विभिन्न स्थानीय तहका पाँच जना वडाध्यक्षले पनि एकीकृत समाजवादी पार्टी रोजेका छन् । निर्वाचन कार्यालयकाअनुसार धनगढी उपमहागरपालिका-१४ का वडाध्यक्ष रामबजारी चौधरी, गौरीगंगा नगरपालिका-५ का वडाध्यक्ष जंगबहादुर बिक, गोदावरी नगरपालिका-५ का वडाध्यक्ष कर्णसिंह बोहरा, टीकापुर नगरपालिका-१ का वडाध्यक्ष गंगाराम आचार्य र मोहन्याल गाउँपालिका-४ का वडाध्यक्ष टेकेन्द्र बोगटी रहेका छन् ।

सनाखत गर्ने बाँकी २४ जना भने वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । मंगलबार साँझसम्म दल रोज्ने जनप्रतिनिधिलाई सनाखत गर्ने समय भएकाले अझै आफ्नो पार्टीमा लाग्नेको संख्या वृद्धि हुने दाबी एकीकृत समाजवादी पार्टीले जनाएको छ । कैलालीका ६ स्थानीय तहमा प्रमुख र उपप्रमुख नेकपा एमालेबाट निर्वाचित भएका थिए भने एउटा स्थानीय तहमा प्रमुख मात्र छन् ।

यस्तै कञ्चनपुरमा मेयरसहित ३२ जना जनप्रतिनिधिले एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्ने वडाध्यक्षको संख्या ६ पुगेको छ । बेल्डाँडी गाउँपालिका-१ का वडाध्यक्ष अमर खत्री, पुनर्वास नगरपालिका-१ का प्रताप चन्द, ३ का वडाध्यक्ष कृष्ण तामाङ, कष्णपुर नगरपालिका-३ का वडाध्यक्ष सुन्दर चौधरी र भीमदत्त नगरपालिका-६का वडाध्यक्ष हर्कबहादुर धामी र १८ का वडाध्यक्ष राजेन्द्र पाण्डेले सनाखत गरेका हुन् ।

यी बाहेकका अन्य वडा सदस्य र कार्यपालिका सदस्य रहेका छन् । कञ्चनपुरका ९ स्थानीय तहमध्ये ४ वटामा प्रमुख र उपप्रमुख दुवैमा नेकपा एमालेले जितेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?