+
+

सुदूरपश्चिममा जसपाका दुुई सांसद दुईतिर, चौधरीले रोजे लोसपा

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १०:५२

२२ भदौ, धनगढी । जनता समाजवादी पार्टी (जसपा) का सुदूरपश्चिम प्रदेशसभामा रहेका दुई सांसद दुईतिर लागेका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर १ को (क)बाट निर्वाचित भएका प्रदेशसभा सदस्य कृष्णबहादुर चौधरीले महन्थ ठाकुुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन् । उनले लोसपा रोजेर सनाखत पनि गरिसकेका छन् ।

प्रदेश सभा सदस्य चौधरीले सोमबार दिउँसो लोकतान्त्रिक समाजवादी पार्टीको पक्षमा सनाखत गरेको प्रदेश निर्वाचन आयोगको कार्यालय धनगढीले जनाएको छ ।

चौधरीले लोसपा रोजेपछि प्रदेशसभामा जसपाको तर्फबाट एक जना सदस्य मालामतीकुमारी राना मात्र रहेका छन् ।

गत चुनावमा तत्कालीन राष्ट्रिय जनता पार्टीबाट निर्वाचित भएकी रानाले विगतमा ठाकुर समूहलाई साथ दिदै आएकी थिइन् । तर पार्टी औपचारिक रुपमा विभाजन भएपछि भने उनी जसपामै रहेकी हुन् ।

जसपा र एमाले विभाजन भएसँगै सुदूरपश्चिम प्रदेश सभामा ६ दल बनेका छन् ।

१४ सांसदसहित एकीकृत समाजवादी पार्टी पहिलो, १३ सांसद भएको माओवादी केन्द्र दोस्रो, १२ सांसद भएको नेपाली कांग्रेस तेस्रो, ११ सांसद भएको नेकपा एमाले चौथो दलको रुपमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?