+
+

रौतहटको मत्सरीमा नकाबधारी डाँका समूहद्वारा लुटपाट

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २२ गते १३:०७

२२ भदौ, रौतहट । रौतहटको मत्सरीमा डाँका समूहले लाखौं मूल्य बराबरको सम्पत्ति लुटपाट गरेको छ ।

दुर्र्गा भगवती गाँउपालिका–३ मत्सरीमा स्थानीय सरोजानन्द झाको घरमा गएराति पसेको नकाबधारी डाँका समूहले कोठाको दराज र बाकस फुटाएर नगद र सुनचाँदी गरी २० लाख रुपैयाँभन्दा बढीको सामान लुटेर लगेको प्रहरीले जनाएको छ ।

राति २ बजेको समयमा हतियारसहित घरमा आएको नकाबधारी समूहले बालकलाई बन्दुक तेर्साएर घरका परिवारजनलाई नियन्त्रणमा लिएर लुटपाट गरेको झाले बताए ।

घण्टौंसम्म घरमा रहेर लुटपाट गरेर डाँका समूह जाँदा पनि प्रहरीले सक्रियता नदेखाएको स्थानीयले आरोप लगाएका छन् । घटनापछि जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी नारायणप्रसाद चिमरिया घटनास्थल पुगेका थिए । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?