+
+

पोर्चुगलको सहज जित

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १०:११

काठमाडौं । पोर्चुगलले विश्वकप छनोटमा अजरबैजानलाई ३-० ले सहजै पराजित गरेको छ । कीर्तिमानी खेलाडी क्रिस्टियानो रोनाल्डोविनै पोर्चुगलले विश्वकपको लागि युरोपियन छनोटमा जित हात पारेको हो ।

बाकु स्टेडियममा भएको खेलमा पोर्चुगलको जिताउन बर्नार्डो शिल्भाले २६औं, आन्द्रे शिल्भाले ३१औं र डिएगो जोटाले ७५औं मिनेटमा गोल गरे ।

जितपछि पोर्चुगल पाँच खेलबाट १३ अंक जोड्दै शीर्ष स्थानमा छ । पाँच खेलबाट एक अंक मात्र रहेको अजरवैजान पुछारमा छ ।

यसै समूहको अर्को खेलमा सर्बिया र रिपब्लिक अफ आयरल्याण्डले १-१ को बराबरी खेलेका छन् । सर्बिया ११ अंकसहित दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?