+
+
Shares

प्रकृति अधिकारीको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ भदौ २३ गते १३:१४

२३ भदौ, काठमाडौं । शिक्षा पत्रकार प्रकृति अधिकारीले लेखेको ‘राणाकालीन शिक्षा’ पुस्तक सार्वजनिक भएको छ । बुधबार अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमीमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो ।

शिक्षा मन्त्रालयका सचिव सचिव रामप्रसाद थपलिया, सहसचिव दीपक शर्मा र शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा राणाकालको १०४ वर्षको अवधिमा शैक्षिक विकासको अवस्था, ऐतिहासिक शैक्षिक लिखत, दस्तावेज लगायत समेटिएको छ ।

पुस्तकमा हालसम्म बाहिर नआएका तथ्य अगाडि ल्याइएको र यसबाट नेपालको शैक्षिक इतिहासमा नयाँ तथ्य उजागर हुने लेखक अधिकारीले बताए । अधिकारी २५ वर्षदेखि शिक्षा पत्रकारिता गर्दै आएका छन् । यसअघि उनको ‘एसएलसीको इतिहास’ नामक पुस्तक २०७४ सालमा प्रकाशन भएको थियो । १५ अध्यायमा विभाजित यो पुस्तकमा निरङ्कुश शासकले शिक्षालाई कसरी भित्र्याए र उच्च शिक्षासम्म जनताको पहुँचमा किन र कसरी पु¥याए भन्ने विषयलाई सविस्तार समेटिएको छ ।

दरबार हाइस्कुलका शिक्षक र उनहरुको खान्की, भाषा पाठशाला स्थापना भएका स्थान र नियुक्त शिक्षकहरुको फेहरिस्त, एसएलसी बोर्डका पहिलो परीक्षा नियन्त्रकको नियुक्ति, एसएलसी परीक्षामा सम्मिलित हुन आवेदन फारम भरेकी पहिलो छात्रा, पाठ्यपुस्तकसम्बन्धी गरिएको व्यवस्था, चन्द्रशमशेरको निधनपछि उनको दराजबाट झिकिएको लिखत आदिका बारेमा पुस्तकमा उल्लेख छ ।

‘राणकालीन शिक्षा’लाई ईडीयू सञ्जालले प्रकाशन गरेको छ । ४४४ पृष्ठ रहेको पुस्तकको पातलो गाताको मूल्य ५५० र मोटो गाताको मूल्य ८५० रुपैयाँ रहेको छ । पुस्तक ‘थुप्रै डटकम’ र ‘किताबयात्रा डटकम’बाट पनि मगाउन सकिने ईडीयू सञ्जालले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?